मेन्छ्यिाम हाइड्रोपावरबाट उत्पादन सुरु

Read Time = 2 mins

-निरोज कोइराला
भोजपुर । प्रदेश नम्बर १ को संखुवासभाको मेन्छ्यिाम हाइड्रोपावरले अन्तिम परीक्षण सकेर उत्पादन शुरु गरेको छ ।

चैनपुर नगरपालिका वडा नम्बर २ पिलुवा खोलामा निर्मित ४ दशमलब ७२ मेगावाटले विद्युत उत्पादन सुरु गरेको हो । मेन्छ्यिामबाट उत्पादित बिजुली चैनपुरकै बानेश्वरस्थित २२० केभीको सबस्टेसनमा जोडिने छ ।

१ अर्व बढीको लागत लागेको आयोजना निर्माण सम्पन्न गर्न ६ बर्ष लागेको थियो । आयोजनामा नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको ऋण लगानी रहेको छ । आयोजनाको उदघाटन उद्योगपति विनोद चौधरीले गर्नुभयो ।

संखुवासभाका कांग्रेस सभापति तथा नवनिर्वाचित प्रतिनिधिसभा सांसद दीपक खड्काको लगानीमा उक्त जलविद्युत आयोजना निर्माण भएको हो । अन्तिम परीक्षण उद्घाटन समारोहमा नबिल बैंक र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू ज्ञानेन्द्र ढुंगाना र किरण श्रेष्ठको पनि उपस्थित थियो । विकल थापा अध्यक्ष रहेको मल्टी सोलुसन नामक कम्पनीले यो आयोजनाको निर्माण कार्य सम्पन्न गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?