वातावरण परीक्षणका लागि सुझाव संकलन

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । मदन भण्डारी राजमार्ग अन्तर्गत भेडुवा बजार–तम्घास सडक खण्ड स्तरोन्नति आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी गुल्मीको रेसुङ्गा नगरपालिकामा छलफल गरिएको छ । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीको अध्यक्षतामा मदन भण्डारी राजमार्ग अन्तर्गत ‘रिडी–तम्घास सडक खण्ड’ मा पर्ने प्राकृतिक, धार्मिक–पुरातात्विक तथा ऐतिहासिक सम्पदा, तथा मानव वस्तीहरुमा हुने क्षति न्यूनीकरणका विषयमा छलफल गरिएको हो ।

कार्यक्रममा जनप्रतिनिहरुसँग प्रारम्भिक वातावरण परीक्षणका विषयमा सुझाव संकलन गरिएको थियो । नगरपालिकाका नगरप्रमुख तथा वडाअध्यक्षहरुले सडकखण्ड स्तरोन्नतीका क्रममा उत्खनन् हुने माटोलाई जथाभावी नफाली व्यवस्थापन गर्ने ठाउँको उचित प्रबन्ध मिलाउनुपर्ने सुझाव दिनुभयो । सडक खण्डमा पर्ने खानेपानी, पाइपलाइन, सिचांई, कुलो, पानी ट्याङकी लगायतका अन्य संरचनालाई क्षति नपु¥याउने गरी तथा क्षति भएका उचित व्यवस्थापन गरिनुपर्ने विषयमा सुझाव दिनुभएको थियो ।

राजमार्गको उच्च गुणस्तर कायम गर्दै जतिसक्दो न्यून क्षतिका साथ समयमै काम सम्पन्न गर्न सबै पक्षको साझा दायित्व भएको बताउनुभयो । बहुवर्षिय योजनाहरु समयमै सम्पन्न नहुने र गुणस्तरीयता काम नहुने गतिविधि बढ्दै गइरहेको भन्दै नगरप्रमुख पन्थीले यस्तो प्रवृत्तिले नागरिकमा चरम निराशा पैदा भएको उल्लेख गर्नुभयो । “तोकिएको समयमै र निर्धारण गरिएको मापदण्डअनुसार नै विकास निर्माणका कामहरु गर्न आवश्यक छ ।” उहाँले भन्नुभयो, “पानीका मुहान, खोलानाला, नबिग्रे गरि काम गर्नुपर्छ ।”

जथाभावी माटो फाल्दा र कटिङ्ग गर्दा प्राकृतिक डाँडाकाडाँ उजाड हुने गरेकोप्रति सबै सचेत बन्नुपर्ने छ । विकास निर्माणका कार्य वातावरण र पर्यावरण मैत्री नभए दिगो हुन नसक्ने समेत पन्थीको भनाई छ । वातावरण इन्जिनियरहरु प्रमोद महत र रमन बडैलाले सुझाव लिनुभएको थियो । उहाँहरुले जनप्रतिधिहरुले अनुगमनलाई तीव्रता दिनुपर्ने समेत बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?