सूर्य नेपाल इस्टर्न ओपन उपाधि शुक्रलाई

Read Time = 2 mins

धरान । सूर्य नेपाल गल्फ टुर २०२२-०२३ अन्तर्गत सूर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर १ शुक्रबहादुर राईले १७-अण्डर एक सय ९३ को कोर्स रेकर्डसहित जित्न सफल हुनुभएको छ । उहाँले बलभद्र राईले सन् २०२० मा बनाएको नौ-अण्डर दुई सय एक को रेकर्ड तोड्नुभएको हो ।

पार-७० को धरान गल्फ क्लबको कोर्समा अन्तिम दिन सात-अण्डर ६३ को उत्कृष्ट स्कोर कार्ड बनाउँदै १७-अण्डर एक सय ९३ को नतिजामा धरानकै निरज तामाङलाई आठ स्ट्रोकले हराउँदै उपाधिमाथि कब्जा जमाउँदै नगद एक लाख ४० हजार प्राप्त गर्नुभएको छ । तेस्रो दिन तीन-अण्डर ६७ मा खेल पूरा गर्दै समग्रमा नौ-अण्डर दुई सय एकसहित निरजले दोस्रो स्थान प्राप्त गर्दै ९० हजार जित्नुभएको छ । दुई-अण्डर ६८ मा अन्तिम दिनको खेल पूरा गर्ने भुवन नगरकोटीले समग्रमा पाँच–अण्डर दुई सय पाँचसहित तेस्रो स्थानसहित ६७ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको आयोजकले जनाएको छ ।

विजयी खेलाडीलाई सूर्य नेपालका ब्राण्ड म्यानेजर विदुरराज अधिकारी, रिजनल म्यानेजर दामोदर शर्मा, धरान गल्फ संघका सचिव भरत तामाङ र कार्यकारी सदस्य जगमोहन राईले पुरस्कार वितरण गर्नुभएको थियो । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सूर्य नेपालको प्रायोजनमा जारी ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल र ११ एमेच्योर खेलाडीको सहभागिता रहेको थियो । उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गरेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?