सिद्धार्थको एक करोड बीमा सुविधाको मुद्दती खाता

Read Time = 1 min

काठमाडौं । सिद्घार्थ बैंकले २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक प्रतिफलका साथमा एक करोडसम्मको म्यादी जीवन बीमा सुविधा प्राप्त गर्न सकिने नवीनतम मुद्दती योजना ल्याएको छ ।

व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको मुद्दती योजनाअन्तर्गत न्यूनतम ५० हजार रुपैयाँमा खाता खोल्न सकिनेछ भने निक्षेप रकमको दुई गुणासम्म प्रतिफल प्राप्त गर्न सकिनेछ ।

साथै पहिलो वर्षका लागि निःशुल्क युएनओ क्रेडिट कार्ड सुविधासमेत रहेको बैंकले जनाएको छ । मुद्दती योजनाको बीमा साझेदार महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?