पाल्पा । पाल्पामा सडक, पुल, यातायात, पुनर्निर्माण लगायतका क्षेत्रमा थालिएका अधिकांस महत्वपूर्ण योजना र ठेक्काका कार्य रोकिएका छन् । प्रदेश र संघीय सरकारले विकास निर्माणका कार्यलाई विस्तारै विस्तारै सुचारु गर्ने बताए पनि त्यसलाई व्यावहारिक रूप दिन सकेका छैनन् । अहिले पनि तानसेन र अन्य क्षेत्रका विभिन्न स्थानमा सडकको अवस्था कन्तबिजोग छ । पानी पर्दा हिलाम्मे हुने र घाम लाग्दा धुलाम्मे हुन पुग्दा स्थानीय पीडित हुँदै आएका छन् । सडक निर्माणको ठेक्का पाएका ठेकेदार कम्पनीहरू गायबजस्तै बनेका छन् । कैयौँ सडक र पुुलको निर्माण कार्य अपूरो अवस्थामा छन्, केही ठाउँहरूमा पुल नहुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता स्थानीयको छ ।
केन्द्रीय र स्थानीय तहका विकास निर्माणको अवस्था अलपत्र बनिरहेको अवस्थामा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले भने पाल्पामा रोकिएका तथा आवश्यक पर्ने स्थानमा भौतिक पूर्वाधार निमार्णका लागि सक्रियता देखाउनु भएको छ । राना उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भए पनि पाल्पाको विकासका लागि अन्य क्षेत्रका कामहरूमा समेत आवश्यक पहल र समन्वय गर्दै आउनुुभएको छ । उहाँ जिल्लाको ऊर्जा र सिँचाइ क्षेत्रको कामसँगै सडक, पुलका क्षेत्रमा सम्बन्धित निकायसँगहरू पहल र समन्वय गरी अगाडि बढेको पाइन्छ ।
लामो समयदेखि अलपत्र अवस्थामा रहेको जिल्लाको चिलाङ्दी चापपानी-राम्दी सडक निर्माणका लागि मन्त्री रानाले आवश्यक समन्वय गर्नुभएको छ । उहाँले २०७३ देखि अलपत्र अवस्थामा रहेको यस सडक खण्डको काम तत्काल सुुचारु गर्न आवश्यक बजेट व्यवस्थापनका लागि सम्बन्धित निकायमा पहल थाल्नुुभएको छ । मन्त्री रानाले सडकको स्थलगत अवलोकन गरेपछि सरोकारवालाहरूसँग बसेर आफूहरूले सडक निर्माणका लागि आवश्यक सहजीकरण गर्ने भन्दै तत्काल काम गर्न सम्बन्धित निकायलाई निर्देशन गर्नुभएको छ । उहाँले सडक निर्माणका लागि आवश्यक बजेट व्यवस्थापनका गरिदिने बताएपछि अब अलपत्र अवस्थामा रहेको उक्त सडकको काम सुुचारु हुुने बताइएको छ ।
मन्त्री रानाले भौतिक पूूर्वाधार मन्त्रालयका सचिव अमृत श्रेष्ठ, पूर्वाधार विकास निर्देशनालयका प्रमुख भिमार्जुन पाण्डे, पूूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ता र निर्माण व्यवसायी वाइ.पी./जय रक्तकाली जे.भी.पुलचोकका प्रतिनिधि रामप्रसाद भट्टसँग बसी सडक निर्माणमा देखा परेको समस्याका विषयमा छलफल गर्नुुभएको थियो । मन्त्री रानाले बजेट व्यवस्था गर्ने भएपछि निर्माण व्यवसायीले केही दिनमै काम सुुचारु गर्ने बताएको छ ।
आठ किमि सडक कालोपत्रे गर्न २०७३ असोज १९ गतेदेखि काम सुरु गरेर २०७४ पुस २० मा सम्पन्न गर्नेगरि २०७३ असोज ४ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । तर निर्माण कम्पनीले रकम अभाव भएको भन्दै काम बीचमै छोडेको थियो । उसले सम्झौता गरिसकेपछि सडकको डिजाइन परिवर्तन गरेको र परिवर्तित डिजाइन अनुसार लागत बढ्ने भएकाले रकम नभएपछि काम रोक्नुुपरेको बताएको थियो । मन्त्री रानाले जिल्लाका अलपत्र परेका विकास निर्माणका काम अगाडि बढाउन आफूले सम्बधित निकायसँग पहल गर्दै आएको बताउनुुभयो । उहाँले रोकिएका तथा सरोकारवाला मन्त्रालयसँग गर्नुपर्ने समन्वय सहजीकरणका लागि पहल गर्दै आएको हिटासँगको कुुराकानीमा बताउनुुभयो ।
मन्त्री रानाले जिल्लाको तानसेन नगरपालिका १० तेल्घाको सुरुङतुङ खोलामा पक्की पुल निर्माणका लागि आवश्यक पहलसमेत थाल्नुुभएको छ । उहाँले तेल्घा (आमडाँडा) र सुरुङतुङ (गडशाल) लाई जोड्न सुरुङतुङ खोलामा पक्की पुल निर्माणका लागि विज्ञ सहितको टोलीबाट प्रारम्भीक स्थलगत अध्ययन गरिसक्नुुभएको छ । यहाँ पक्की पुल नहुँदा स्थानीयले सास्ती भोग्नु परेको पीडालाई दृष्टिगत गरी मन्त्री रानाले पुल निर्माणका लागि आवश्यक पहल थाल्नुुभएको हो । पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी पुल निर्माणको काम छिट्टै अघि बढ्ने बताइएको छ । यस्तै, रानीमहल जाने वैकल्पिक सडक गाइघाट (वराङ्दी खोला)मा पनि मन्त्री रानाकै पहलमा पुुल निर्माणको काम भइरहेको छ । उहाँले उक्त पुलको स्थलगत अवलोकन गरी छिटो सक्नका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसक्नुु भएको छ । यस्तै, मन्त्री रानाकै पहलमा माथागढी गाउँपालिकाको गोतामेघाटमा पनि रम्भा गाउँपालिका जोड्ने गरी मोटरेवल पुल निर्माणका लागि सम्भाव्यता अध्ययन भएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका