हिन्दु धर्ममा : आचरण र व्यवहार

धनविक्रम सिंह
धनविक्रम सिंह
Read Time = 17 mins

नेपालका अधिकांश जनता ८०.६ प्रतिशत हिन्दु-धर्मावलम्बी छन् । विसं २०७२ साल असोज ३ गते नेपालको संघीय लोकतान्त्रिक संविधान लागू हुनुपूर्वसम्म परापूर्व कालदेखि विश्वमा नेपाल एकमात्र हिन्दु राष्ट्रको रूपमा रहीआएको थियो । तर, नयाँ संविधान लागू भएपछि हिन्दु राज्य धर्मनिरपेक्ष राज्यमा परिणत हुन गएको हो । हिन्दु धर्मको प्रकृति सहिष्णु उदार भएकाले नेपालमा बसोवास गर्ने सबै जातजाति र धर्मावलम्बीहरूले आ-आफ्नो आस्था र विश्वास अनुसार कुनै एउटा धर्म धारण गरी परापूर्व कालदेखि आपसमा मिलिजुली बस्दै आएका छन् । आफ्ना आस्था अनुसारको धर्म अवलम्बन गर्नु मानिसको नैसर्गिक अधिकार हो भन्ने मान्यताको साथ ।

त्यसैले त हामी हाम्रा पुर्खाहरूदेखि नै वसुधैव कुटुम्बकम्को सिद्धान्तलाई अँगाल्दै सबै धर्मावलम्बीसँग भाइचाराको सम्बन्ध राख्दै आइरहेका छौँ । धर्म सम्बन्धमा एकअर्का धर्मावलम्बीसँग आजसम्म कलह, झडप भएको इतिहास छैन । अन्य धर्मावलम्बीहरूले स्वेच्छाले विना कुनै कर्मकाण्ड हिन्दु-धर्म मान्न र धारण गर्न सक्छन् । उदाहरणका लागि उहिले कवीर र रहिम र अहिले इशकोन आदिलाई लिन सकिन्छ । रहिम कवीर निर्गुण पन्थी थिए भने इशकोण अर्कै जात, वर्ण र धर्मका भएर पनि श्रीकृष्ण अनुरागीको रूपमा हाम्रा पवित्रग्रन्थ गीताको प्रचारमा उहिलेदेखि जुटिरहेका छन् । यिनीहरूलाई हाम्रा धर्माधिकारी वा पीठाधीशले दीक्षित गरेका होइनन् । स्वेच्छाले आस्था जागेर प्रवद्र्धन र सम्बद्र्धन गरेका थिए र गरिरहेका छन् तर अरू धर्ममा विभिन्न कर्मकाण्ड गरेरमात्र भित्रिन पाउँछ अन्यथा पाइँदैन ।

यी धार्मिक ग्रन्थहरूमा आर्थिक र शारीरिक दण्डसजायको प्रावधान नराखिएको केही भावनात्मक सामाजिक प्रायश्चित मात्र राखिएकाले चिरस्थायी हुन सकेन । अर्को कारण राज्यपक्षबाट यस्ता नियम विधिविधान परिपालन गराउन जेजति दण्डसहितको कडा नियम-कानुन बनाई लागू गरिएको छ तिनकोे चाँहि परिपालना हुनेगरेको देखिन्छ ।

हुन त हिन्दु-धर्म मनु-स्मृतिबाट विधि-विधानमा बाँधिएर निर्देशित हुँदै आएको छ तर यो मुस्लिम धर्मावलम्बीको कुरान जस्तो निर्मम र कठोर नभएर उदार र सहिष्णु रहेको छ । इस्लाम धर्मावलम्बी राष्ट्रहरू अफगानिस्तान र इरानमा महिलामाथि भइरहेको बर्बरता अचेल मिडियाहरूले भत्र्सना गरिरहेको समाचार छ्यापछ्याप्ती भइरहे तर हिन्दू धर्ममा त्यस्तो निर्ममता नभएर आएका दिनमा राज्य र मठाधीशहरूले मनुस्मृतिले बाँधेको विधान र नीतिनियममा समयको मागअनुसार ऐन कानुनद्वारा संशोधन गरी केही जटिल र कठिन रीतिरिवाज पन्छाउँदै गइएको छ भने केही मानिसहरू आफैँले पनि मान्न छाड्दै गएका छन् । यस धर्मको चरित्र र प्रकृति उदार र सहिष्णु भएकाले केहिमा काँटछाँट गरी सहज तुल्याइएको छ भने भविष्यमा समयको मागअनुसार संशोधन र छाँटकाँट हँुदै जानेछन् । कारण केही यस्ता विधिविधान छन् जुन पहिला त गर्न सकिन्थ्यो होला तर अचेल दैनिक आचरण र व्यवहारमा गर्न कठिन भइरहेका छन् जस्तै उदाहरण अन्न ग्रहण गर्दा, सूचि र शौचादि गर्दा यस्तो बन्देज लगाइएको थियो :
नान्न्मद्यादेकबासा ननग्नस्नान माचरेत,
नमुत्रम् पथिम कुर्बित नगोब्रजे
नदक्षिणार्भिमुखे रात्रौ.....आदि आदि ।
यो श्लोकले के भनिराखेको छ भने एउटा वस्त्र लाएर भोजन गर्नु हँुदैन त्यस्तै सर्वांग नांगो भएर स्नान गर्नु हुँदैन । बाटो र गोठमा पिसाब फेर्न हुँदैन अझ अगाडि श्लोकमा के के भन्दै गएको छ भने रात्रिमा दक्षिणतिर फर्केर पिसाब फेर्नु हुँदैन बिहान गरी खाई कता हो उतैतिर फर्केर शौचादि गर्नुपर्दछ आदि । यस्ता कठोर नियमहरू त बनाए तर मानिसहरूले यसको पालना गरेनन् भने प्रायश्चित र दण्ड सजाएको कुनै प्रावधान राखेनन् त्यसकारण मानिसहरूले बढी समय लाग्ने र कठिन कार्यहरू गर्न छाड्दै गए र सजिलो समय सुहाउँदो कामहरू गर्न थाले । हिन्दु धर्ममा यस्ता धेरै ग्रन्थहरू वेद, पुराण, उपनिषद्, स्मृति, श्रुति र रीतिथिति र परम्पराबाट चलायमान भइरहेछन् ।

यी धार्मिक ग्रन्थहरूमा आर्थिक र शारीरिक दण्डसजायको प्रावधान नराखिएको केही भावनात्मक सामाजिक प्रायश्चितमात्र राखिएकाले चिरस्थायी हुन सकेन । अर्को कारण राज्यपक्षबाट यस्ता नियम विधिविधान परिपालन गराउन जेजति दण्डसहितको कडा नियम कानुन बनाई लागू गरिएको छ तिनकोे चाहिँ परिपालना हुने गरेको देखिन्छ । रीति परम्परामा पनि ज्यादै कठिन खालका विस्तारै लोकले परित्याग गर्दै गएका छन् जस्तै कि मासिक-धर्म भएका बेलामा परसर्ने सार्ने रीति अब पश्चिम नेपालको केही भागमा मात्र सीमित रहेको छ । त्यो पनि अब आउँदा केही वर्षभित्र छाउपडी प्रथा उन्मूलन अभियान चालु भइरहेकाले लोप भएर जानेछ । यस्ता कुराहरू बिनासित्ती निर्थक रूपमा धर्मभित्र समावेश गरी बाँड्दै आइएको छ । बारेन भने पितृ रिसाएर परिवारमा अनिष्ट हुन जान्छ भन्ने कल्पना गरेर छाउ बार्ने चलन आजको समयमा पनि कायम राखिराख्नु अहिलेकोे कामकाजी समयमा व्यावहारिक नहुनाले यो प्रथा विस्तारै समाजबाट पन्छिँदै गएको छ । हिन्दु समाजलाई धर्मभिरु पनि भनिन्छ त्यसैले होला यस्ता कठिन प्रथाहरू अन्धविश्वासले गर्दा आज पनि कायम रहिरहेका छन् ।

स्त्री जातिको शरीरमा एउटा अंग बढी हुन्छ जसलाई बच्चादानी पाठेघर भनिन्छ । चिकित्सकको अनुसार यस शिशुदानीमा जम्मा भएका फोहोरहरू प्रायः २७/२८ दिनमा रक्तश्रावमार्फत सफा हुने प्रक्रियालाई लोकले अछुत बनाएर घरबाहिर निकालेर गोठ र छाउपडीमा राखेर बाघले खाएर, सर्पले टोकेर, जाडोले कठ्यांग्रिएर मर्नु–मार्नु पर्नेको न कुनै अर्थ छ न औचित्य छ न मानवताको धर्मको निर्वाह नै । हिन्दु धर्मबाहेक अरू कुनै धर्ममा पनि रक्तश्राव भइरहेका बेलामा यसरी छुवाछूत बार्नुु पर्दैन । यो धर्म आफैँमा विशिष्टता बोकेको धर्म भएकाले अरू धर्मसँग तुलना गर्नु पर्दैन, मिल्दैन पनि ।

तर, अचेल नवयुवाहरूको केही जमातले पश्चिमी धर्म र सभ्यताको देखासिखी गरी स्वधर्मभन्दा विधर्ममा रङबंगिन थालेकाले कहीँ हाम्रा धर्मसंस्कृति र सभ्यता विस्तारै लोप हुँदै जाने त होइन ? भय र चिन्ता उत्पन्न गरेको छ । किनभने धर्म र संस्कृति देशको पहिचान हुन्छ । विश्वमा एकमात्र हिन्दु-राष्ट्र रहिरहेकोमा ठूलो गौरव बोध भइरहेको थियो । त्यसै भनिएको छैन ‘धर्मो रक्षति रक्षित ।’ आफूले अख्तियार गरेको धर्म-संस्कृतिले बाहृय जगतमा त्यस देशको पहिचान बनाउँछ । अक्षुण्ण रूपमा आफ्नो धर्म अँगाली राखेमा राष्ट्रको गौरव बढाउँछ ।

धर्मले विश्व समुदायमा आफ्नो पहिचान स्थापित गराउँछ नै त्यसको अतिरिक्त धर्मले हरेक तवरबाट रक्षा गर्दै राष्ट्र र जनता फस्टाउन र श्रीवृद्धि ल्याउनमा पनि मद्दत गर्छ । तर, बडो खेदका साथ भन्नुपर्छ देशभित्र कतै कुनैसँग रायसल्लाह विचारविमर्श केही नगरिकनै संघीय तोकतान्त्रिक संविधान बनाउँदा नेपाललाई धर्मनिरपेक्ष राज्यमा परिणत गरी संविधान जारी गरियो । संविधान जारी भइसकेपछि मात्र आमजनताले नेपाल धर्मनिरपेक्ष राज्यमा परिणत भएको थाहा पाएका हुन् । उनीहरू आश्चर्यमा परेर सोच्न थाले यहाँ त सबै धर्मावलम्बीहरू आफ्नो रीतिरिवाजअनुसार आफ्नो धर्म मान्न पाइरहेकै थिए अनि किन हिन्दु धर्मलाई धर्मनिरपेक्षको खाडलमा हालिदिएको हो ।

हिन्दु धर्मावलम्बी जनता आकाशबाट झरेझैं भए । नेपाल हिन्दुराष्ट्र भइरहँदाका समयमा पनि अरू कुनै धर्मलाई भेदभाव, हेला वा निन्दा कहिल्यै गरेको थिएन । त्यसो हुनुमा हिन्दु धर्म सहिष्णु र उदार भएकाले हो र सहअस्तित्वमा विश्वास राख्नाले हो । यस्तो हुँदा हुँदै नेपाललाई धर्मनिरपेक्ष घोषित गर्नुको भित्री उद्देश्य त जरुर कुनै ठूलै हुनुपर्छ । तिनताका नेपालका केही राजनीतिक जमातहरू जसले मूर्तिपूजा र हिन्दु धार्मिक परम्परामा विश्वास नराख्नेहरूले ठूलै आर्थिक चलखेल गरी क्रिश्चियानिटीलाई प्रश्रय र प्रवद्र्धन गर्न दिन राष्ट्र र जनतालाई ठूलो धोका दिएको हो । नेपालको कानुनमा कसैलाई पनि जबरजस्ती वा लोभ लालचमा पारी धर्म परिवर्तन गर्न पाइँदैन र गरेको भेट्टाइएमा दण्ड सजाय हुने प्रावधान राखिएको छ । तर, अब नेपाल धर्मनिरपेक्षमा परिणत भएपछि त खुल्लमखुला आर्थिक प्रलोभनमा पारी ग्रामीण भेगका जनतालाई धर्म परिवर्तन गर्दै गइरहेका छन् गाउँगाउँ घरघर पसी, र गाउँमा मानिसलाई भेला पारी क्रिश्चियन धर्मको महत्वबारे र उसले जीवनमा पार्ने असर र चमत्कारबारे बढाइ–चढाइ गरी दर्शाएर आफ्नो धर्ममा तान्दै लगिरहेका छन् ।

नेपाल हिन्दुराष्ट्र भइरहँदाका समयमा पनि अरू कुनै धर्मलाई भेदभाव, हेला वा निन्दा कहिले गरेको थिएन । त्यसो हुनुमा हिन्दु धर्म सहिष्णु र उदार भएकाले हो र सहअस्तित्वमा विश्वास राख्नाले हो । यस्तो हुँदाहुँदै नेपाललाई धर्मनिरपेक्ष घोषित गर्नुको भित्री उद्देश्य त जरुर कुनै ठूलै हुनुपर्छ ।

अहिलेको परिस्थितिमा रोकटोक र मनाही गर्ने कोही छैन । पुलिस प्रशासनको त के कुरा गर्ने वरिष्ठ नेताहरूसमेत उपत्यकास्थित चर्चहरूमा होली वाइन पिउन बेधडक गइरहेका देखिन्छन् । यस्तोमा हिन्दुत्वको रक्षाको अहम् सबाल उभिन आएको छ । विश्वमा एकमात्र राष्ट्र नेपाल जहाँ हिन्दु धर्मको प्रणेता ऋषिमुनिहरूले धर्मग्रन्थहरू लेखी विभिन्न समुदायका लागि गर्ने आचरण र व्यवहार निर्दिष्ट गरिदिएका छन् ।
तर, अचेलका मानिसहरूले तदनुरूप आचरण र व्यवहार गर्न छाड्दै गएका छन् । मर्यादा भनेको आफूभन्दा अग्रजलाई गरिने मान सम्मानलाई जनाउँदछ । व्यक्तिको आचरण र व्यवहार बारेमा हाम्रा धर्म-ग्रन्थ मनुस्मृतिले यसलाई विभिन्न थरीमा बाँडेर निर्दिष्ट गरिदिएको छ । १. जन्मदिने आमाबाबुप्रति गरिने स्नेह र आदरभाव, परिवार र समुदायका अग्रज र अनुजप्रति गरिने व्यवहार, २. गुरुजनप्रति गर्नै पर्ने आचरण र व्यवहार, ३. राजा र राजप्रासादका सहचारीहरूप्रति गर्नुपर्ने सम्मान सहितको सम्बोधन अचेल सो संस्था कायम नरहेकाले दरबारिया भाषा प्रयोग गर्नु पर्दैन । तर, व्यवहारमा मर्यदाविहीन शब्दहरूबाट सम्बोधन गर्दा ठूलठूला दुर्घटना पनि भएको छ भनी इतिहासले बताइरहेको छ ।

वाक-स्वतन्त्रता भनेको विचार स्वतन्त्रता हो अमर्यादित रूपका शब्दहरू प्रयोग गरेर कसैको अनादर गर्नु मानहानि गर्नु अभिव्यक्ति स्वतन्त्रता पनि होइन होला । कुनै ओहदाधारी वा आममानिसले गर्नुभएको कामलाई लेख्दा उसले गरे वा गरेनन् लेख्दा उसलेको सट्टा उहाँले भनी लेखिएमा व्यक्ति र भाषाको मर्यादा दुवै कायम रहन्छ । मिडियाहरूले यसतर्फ ध्यान दिइएमा सामाजिक मर्यादा कायम रहन गई भाषासम्बन्धी शुद्धता पनि अक्षुण्ण रहन्थ्यो । मेरो विचारमा कुनै पनि समाजको संस्कार, संस्कृति र सभ्यता बुझ्न उसको बोलीचाली लिखित दस्ताबेज साहित्य आदिले छलंग हुने गर्छ । यसको लोप र यसमा विकृति भित्रिँदै गएमा त्यो समाज सिङ न पुच्छरको हुन जान्छ । त्यतिमात्र कहाँ हो अमर्यादित भाषाको प्रयोगले निर्धारित भाषाको विकृत रूपमात्र बाँकी रहन्छ । भाषामा यस्ता विकृतिको प्रवेश हुँदै गएपछि हाम्रा संस्कार लोप भएर नजालान् भन्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
भक्तपुरमा जलाइयो गँठेमङ्गलको पुत्ला सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग पाटनमा मिप्वाः लाखे नाच सुरु, पाँच दिनसम्म प्रदर्शन हुने [तस्वीरहरु] ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो… एमाले–नेकपाबीच प्रदेश सरकारको भागबण्डाको आधार तय, मुख्यमन्त्री नलिनेले पहिले मन्त्रालय रोज्ने कांग्रेसको विवाद सैद्धान्तिकभन्दा नेताको व्यक्तिगत चरित्रमा केन्द्रित भयो : भावुक न्यौपाने एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकार ‘सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर संवादबाट कांग्रेसको समस्या समाधान गरौँ’ : ध्रुव… खनिज सम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः उपनेता अर्याल घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए