हिन्दु धर्ममा : आचरण र व्यवहार

धनविक्रम सिंह
Read Time = 17 mins

नेपालका अधिकांश जनता ८०.६ प्रतिशत हिन्दु-धर्मावलम्बी छन् । विसं २०७२ साल असोज ३ गते नेपालको संघीय लोकतान्त्रिक संविधान लागू हुनुपूर्वसम्म परापूर्व कालदेखि विश्वमा नेपाल एकमात्र हिन्दु राष्ट्रको रूपमा रहीआएको थियो । तर, नयाँ संविधान लागू भएपछि हिन्दु राज्य धर्मनिरपेक्ष राज्यमा परिणत हुन गएको हो । हिन्दु धर्मको प्रकृति सहिष्णु उदार भएकाले नेपालमा बसोवास गर्ने सबै जातजाति र धर्मावलम्बीहरूले आ-आफ्नो आस्था र विश्वास अनुसार कुनै एउटा धर्म धारण गरी परापूर्व कालदेखि आपसमा मिलिजुली बस्दै आएका छन् । आफ्ना आस्था अनुसारको धर्म अवलम्बन गर्नु मानिसको नैसर्गिक अधिकार हो भन्ने मान्यताको साथ ।

त्यसैले त हामी हाम्रा पुर्खाहरूदेखि नै वसुधैव कुटुम्बकम्को सिद्धान्तलाई अँगाल्दै सबै धर्मावलम्बीसँग भाइचाराको सम्बन्ध राख्दै आइरहेका छौँ । धर्म सम्बन्धमा एकअर्का धर्मावलम्बीसँग आजसम्म कलह, झडप भएको इतिहास छैन । अन्य धर्मावलम्बीहरूले स्वेच्छाले विना कुनै कर्मकाण्ड हिन्दु-धर्म मान्न र धारण गर्न सक्छन् । उदाहरणका लागि उहिले कवीर र रहिम र अहिले इशकोन आदिलाई लिन सकिन्छ । रहिम कवीर निर्गुण पन्थी थिए भने इशकोण अर्कै जात, वर्ण र धर्मका भएर पनि श्रीकृष्ण अनुरागीको रूपमा हाम्रा पवित्रग्रन्थ गीताको प्रचारमा उहिलेदेखि जुटिरहेका छन् । यिनीहरूलाई हाम्रा धर्माधिकारी वा पीठाधीशले दीक्षित गरेका होइनन् । स्वेच्छाले आस्था जागेर प्रवद्र्धन र सम्बद्र्धन गरेका थिए र गरिरहेका छन् तर अरू धर्ममा विभिन्न कर्मकाण्ड गरेरमात्र भित्रिन पाउँछ अन्यथा पाइँदैन ।

यी धार्मिक ग्रन्थहरूमा आर्थिक र शारीरिक दण्डसजायको प्रावधान नराखिएको केही भावनात्मक सामाजिक प्रायश्चित मात्र राखिएकाले चिरस्थायी हुन सकेन । अर्को कारण राज्यपक्षबाट यस्ता नियम विधिविधान परिपालन गराउन जेजति दण्डसहितको कडा नियम-कानुन बनाई लागू गरिएको छ तिनकोे चाँहि परिपालना हुनेगरेको देखिन्छ ।

हुन त हिन्दु-धर्म मनु-स्मृतिबाट विधि-विधानमा बाँधिएर निर्देशित हुँदै आएको छ तर यो मुस्लिम धर्मावलम्बीको कुरान जस्तो निर्मम र कठोर नभएर उदार र सहिष्णु रहेको छ । इस्लाम धर्मावलम्बी राष्ट्रहरू अफगानिस्तान र इरानमा महिलामाथि भइरहेको बर्बरता अचेल मिडियाहरूले भत्र्सना गरिरहेको समाचार छ्यापछ्याप्ती भइरहे तर हिन्दू धर्ममा त्यस्तो निर्ममता नभएर आएका दिनमा राज्य र मठाधीशहरूले मनुस्मृतिले बाँधेको विधान र नीतिनियममा समयको मागअनुसार ऐन कानुनद्वारा संशोधन गरी केही जटिल र कठिन रीतिरिवाज पन्छाउँदै गइएको छ भने केही मानिसहरू आफैँले पनि मान्न छाड्दै गएका छन् । यस धर्मको चरित्र र प्रकृति उदार र सहिष्णु भएकाले केहिमा काँटछाँट गरी सहज तुल्याइएको छ भने भविष्यमा समयको मागअनुसार संशोधन र छाँटकाँट हँुदै जानेछन् । कारण केही यस्ता विधिविधान छन् जुन पहिला त गर्न सकिन्थ्यो होला तर अचेल दैनिक आचरण र व्यवहारमा गर्न कठिन भइरहेका छन् जस्तै उदाहरण अन्न ग्रहण गर्दा, सूचि र शौचादि गर्दा यस्तो बन्देज लगाइएको थियो :
नान्न्मद्यादेकबासा ननग्नस्नान माचरेत,
नमुत्रम् पथिम कुर्बित नगोब्रजे
नदक्षिणार्भिमुखे रात्रौ.....आदि आदि ।
यो श्लोकले के भनिराखेको छ भने एउटा वस्त्र लाएर भोजन गर्नु हँुदैन त्यस्तै सर्वांग नांगो भएर स्नान गर्नु हुँदैन । बाटो र गोठमा पिसाब फेर्न हुँदैन अझ अगाडि श्लोकमा के के भन्दै गएको छ भने रात्रिमा दक्षिणतिर फर्केर पिसाब फेर्नु हुँदैन बिहान गरी खाई कता हो उतैतिर फर्केर शौचादि गर्नुपर्दछ आदि । यस्ता कठोर नियमहरू त बनाए तर मानिसहरूले यसको पालना गरेनन् भने प्रायश्चित र दण्ड सजाएको कुनै प्रावधान राखेनन् त्यसकारण मानिसहरूले बढी समय लाग्ने र कठिन कार्यहरू गर्न छाड्दै गए र सजिलो समय सुहाउँदो कामहरू गर्न थाले । हिन्दु धर्ममा यस्ता धेरै ग्रन्थहरू वेद, पुराण, उपनिषद्, स्मृति, श्रुति र रीतिथिति र परम्पराबाट चलायमान भइरहेछन् ।

यी धार्मिक ग्रन्थहरूमा आर्थिक र शारीरिक दण्डसजायको प्रावधान नराखिएको केही भावनात्मक सामाजिक प्रायश्चितमात्र राखिएकाले चिरस्थायी हुन सकेन । अर्को कारण राज्यपक्षबाट यस्ता नियम विधिविधान परिपालन गराउन जेजति दण्डसहितको कडा नियम कानुन बनाई लागू गरिएको छ तिनकोे चाहिँ परिपालना हुने गरेको देखिन्छ । रीति परम्परामा पनि ज्यादै कठिन खालका विस्तारै लोकले परित्याग गर्दै गएका छन् जस्तै कि मासिक-धर्म भएका बेलामा परसर्ने सार्ने रीति अब पश्चिम नेपालको केही भागमा मात्र सीमित रहेको छ । त्यो पनि अब आउँदा केही वर्षभित्र छाउपडी प्रथा उन्मूलन अभियान चालु भइरहेकाले लोप भएर जानेछ । यस्ता कुराहरू बिनासित्ती निर्थक रूपमा धर्मभित्र समावेश गरी बाँड्दै आइएको छ । बारेन भने पितृ रिसाएर परिवारमा अनिष्ट हुन जान्छ भन्ने कल्पना गरेर छाउ बार्ने चलन आजको समयमा पनि कायम राखिराख्नु अहिलेकोे कामकाजी समयमा व्यावहारिक नहुनाले यो प्रथा विस्तारै समाजबाट पन्छिँदै गएको छ । हिन्दु समाजलाई धर्मभिरु पनि भनिन्छ त्यसैले होला यस्ता कठिन प्रथाहरू अन्धविश्वासले गर्दा आज पनि कायम रहिरहेका छन् ।

स्त्री जातिको शरीरमा एउटा अंग बढी हुन्छ जसलाई बच्चादानी पाठेघर भनिन्छ । चिकित्सकको अनुसार यस शिशुदानीमा जम्मा भएका फोहोरहरू प्रायः २७/२८ दिनमा रक्तश्रावमार्फत सफा हुने प्रक्रियालाई लोकले अछुत बनाएर घरबाहिर निकालेर गोठ र छाउपडीमा राखेर बाघले खाएर, सर्पले टोकेर, जाडोले कठ्यांग्रिएर मर्नु–मार्नु पर्नेको न कुनै अर्थ छ न औचित्य छ न मानवताको धर्मको निर्वाह नै । हिन्दु धर्मबाहेक अरू कुनै धर्ममा पनि रक्तश्राव भइरहेका बेलामा यसरी छुवाछूत बार्नुु पर्दैन । यो धर्म आफैँमा विशिष्टता बोकेको धर्म भएकाले अरू धर्मसँग तुलना गर्नु पर्दैन, मिल्दैन पनि ।

तर, अचेल नवयुवाहरूको केही जमातले पश्चिमी धर्म र सभ्यताको देखासिखी गरी स्वधर्मभन्दा विधर्ममा रङबंगिन थालेकाले कहीँ हाम्रा धर्मसंस्कृति र सभ्यता विस्तारै लोप हुँदै जाने त होइन ? भय र चिन्ता उत्पन्न गरेको छ । किनभने धर्म र संस्कृति देशको पहिचान हुन्छ । विश्वमा एकमात्र हिन्दु-राष्ट्र रहिरहेकोमा ठूलो गौरव बोध भइरहेको थियो । त्यसै भनिएको छैन ‘धर्मो रक्षति रक्षित ।’ आफूले अख्तियार गरेको धर्म-संस्कृतिले बाहृय जगतमा त्यस देशको पहिचान बनाउँछ । अक्षुण्ण रूपमा आफ्नो धर्म अँगाली राखेमा राष्ट्रको गौरव बढाउँछ ।

धर्मले विश्व समुदायमा आफ्नो पहिचान स्थापित गराउँछ नै त्यसको अतिरिक्त धर्मले हरेक तवरबाट रक्षा गर्दै राष्ट्र र जनता फस्टाउन र श्रीवृद्धि ल्याउनमा पनि मद्दत गर्छ । तर, बडो खेदका साथ भन्नुपर्छ देशभित्र कतै कुनैसँग रायसल्लाह विचारविमर्श केही नगरिकनै संघीय तोकतान्त्रिक संविधान बनाउँदा नेपाललाई धर्मनिरपेक्ष राज्यमा परिणत गरी संविधान जारी गरियो । संविधान जारी भइसकेपछि मात्र आमजनताले नेपाल धर्मनिरपेक्ष राज्यमा परिणत भएको थाहा पाएका हुन् । उनीहरू आश्चर्यमा परेर सोच्न थाले यहाँ त सबै धर्मावलम्बीहरू आफ्नो रीतिरिवाजअनुसार आफ्नो धर्म मान्न पाइरहेकै थिए अनि किन हिन्दु धर्मलाई धर्मनिरपेक्षको खाडलमा हालिदिएको हो ।

हिन्दु धर्मावलम्बी जनता आकाशबाट झरेझैं भए । नेपाल हिन्दुराष्ट्र भइरहँदाका समयमा पनि अरू कुनै धर्मलाई भेदभाव, हेला वा निन्दा कहिल्यै गरेको थिएन । त्यसो हुनुमा हिन्दु धर्म सहिष्णु र उदार भएकाले हो र सहअस्तित्वमा विश्वास राख्नाले हो । यस्तो हुँदा हुँदै नेपाललाई धर्मनिरपेक्ष घोषित गर्नुको भित्री उद्देश्य त जरुर कुनै ठूलै हुनुपर्छ । तिनताका नेपालका केही राजनीतिक जमातहरू जसले मूर्तिपूजा र हिन्दु धार्मिक परम्परामा विश्वास नराख्नेहरूले ठूलै आर्थिक चलखेल गरी क्रिश्चियानिटीलाई प्रश्रय र प्रवद्र्धन गर्न दिन राष्ट्र र जनतालाई ठूलो धोका दिएको हो । नेपालको कानुनमा कसैलाई पनि जबरजस्ती वा लोभ लालचमा पारी धर्म परिवर्तन गर्न पाइँदैन र गरेको भेट्टाइएमा दण्ड सजाय हुने प्रावधान राखिएको छ । तर, अब नेपाल धर्मनिरपेक्षमा परिणत भएपछि त खुल्लमखुला आर्थिक प्रलोभनमा पारी ग्रामीण भेगका जनतालाई धर्म परिवर्तन गर्दै गइरहेका छन् गाउँगाउँ घरघर पसी, र गाउँमा मानिसलाई भेला पारी क्रिश्चियन धर्मको महत्वबारे र उसले जीवनमा पार्ने असर र चमत्कारबारे बढाइ–चढाइ गरी दर्शाएर आफ्नो धर्ममा तान्दै लगिरहेका छन् ।

नेपाल हिन्दुराष्ट्र भइरहँदाका समयमा पनि अरू कुनै धर्मलाई भेदभाव, हेला वा निन्दा कहिले गरेको थिएन । त्यसो हुनुमा हिन्दु धर्म सहिष्णु र उदार भएकाले हो र सहअस्तित्वमा विश्वास राख्नाले हो । यस्तो हुँदाहुँदै नेपाललाई धर्मनिरपेक्ष घोषित गर्नुको भित्री उद्देश्य त जरुर कुनै ठूलै हुनुपर्छ ।

अहिलेको परिस्थितिमा रोकटोक र मनाही गर्ने कोही छैन । पुलिस प्रशासनको त के कुरा गर्ने वरिष्ठ नेताहरूसमेत उपत्यकास्थित चर्चहरूमा होली वाइन पिउन बेधडक गइरहेका देखिन्छन् । यस्तोमा हिन्दुत्वको रक्षाको अहम् सबाल उभिन आएको छ । विश्वमा एकमात्र राष्ट्र नेपाल जहाँ हिन्दु धर्मको प्रणेता ऋषिमुनिहरूले धर्मग्रन्थहरू लेखी विभिन्न समुदायका लागि गर्ने आचरण र व्यवहार निर्दिष्ट गरिदिएका छन् ।
तर, अचेलका मानिसहरूले तदनुरूप आचरण र व्यवहार गर्न छाड्दै गएका छन् । मर्यादा भनेको आफूभन्दा अग्रजलाई गरिने मान सम्मानलाई जनाउँदछ । व्यक्तिको आचरण र व्यवहार बारेमा हाम्रा धर्म-ग्रन्थ मनुस्मृतिले यसलाई विभिन्न थरीमा बाँडेर निर्दिष्ट गरिदिएको छ । १. जन्मदिने आमाबाबुप्रति गरिने स्नेह र आदरभाव, परिवार र समुदायका अग्रज र अनुजप्रति गरिने व्यवहार, २. गुरुजनप्रति गर्नै पर्ने आचरण र व्यवहार, ३. राजा र राजप्रासादका सहचारीहरूप्रति गर्नुपर्ने सम्मान सहितको सम्बोधन अचेल सो संस्था कायम नरहेकाले दरबारिया भाषा प्रयोग गर्नु पर्दैन । तर, व्यवहारमा मर्यदाविहीन शब्दहरूबाट सम्बोधन गर्दा ठूलठूला दुर्घटना पनि भएको छ भनी इतिहासले बताइरहेको छ ।

वाक-स्वतन्त्रता भनेको विचार स्वतन्त्रता हो अमर्यादित रूपका शब्दहरू प्रयोग गरेर कसैको अनादर गर्नु मानहानि गर्नु अभिव्यक्ति स्वतन्त्रता पनि होइन होला । कुनै ओहदाधारी वा आममानिसले गर्नुभएको कामलाई लेख्दा उसले गरे वा गरेनन् लेख्दा उसलेको सट्टा उहाँले भनी लेखिएमा व्यक्ति र भाषाको मर्यादा दुवै कायम रहन्छ । मिडियाहरूले यसतर्फ ध्यान दिइएमा सामाजिक मर्यादा कायम रहन गई भाषासम्बन्धी शुद्धता पनि अक्षुण्ण रहन्थ्यो । मेरो विचारमा कुनै पनि समाजको संस्कार, संस्कृति र सभ्यता बुझ्न उसको बोलीचाली लिखित दस्ताबेज साहित्य आदिले छलंग हुने गर्छ । यसको लोप र यसमा विकृति भित्रिँदै गएमा त्यो समाज सिङ न पुच्छरको हुन जान्छ । त्यतिमात्र कहाँ हो अमर्यादित भाषाको प्रयोगले निर्धारित भाषाको विकृत रूपमात्र बाँकी रहन्छ । भाषामा यस्ता विकृतिको प्रवेश हुँदै गएपछि हाम्रा संस्कार लोप भएर नजालान् भन्ने छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?