भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक

हिमालय टाइम्स
Read Time = 2 mins

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ ।

प्रधानमन्त्री मोदीकी आमा हिरा वेनको १ सय वर्षको उमेरमा आज (शुक्रबार) बिहान निधन भएको हो । बिरामी भएपछि गत मंगलबार गुजरातको अहमदावादस्थित अस्पतालमा भर्ना गरिएको हिरावेनको उपचारकै क्रममा शुक्रबार बिहान पौने ४ बजे निधन भएको हो ।

प्रधानमन्त्री मोदी गत बुधबार अस्पताल पुगेर आमाको स्वास्थ्य अवस्था बुझेर दिल्ली फर्कनु भएको थियो । आमाको मृत्युपछि ट्वीट गर्दै प्रधानमन्त्री मोदीले ‘शानदार शताब्दीको ईश्वरका चरणमा विश्राम’ भएको प्रतिक्रिया जनाउनु भएको छ । प्रधानमन्त्री मोदीले आमाको ‘एक तपस्वीको यात्रा, निस्काम कर्मयोगी र जीवन मूल्यप्रति प्रतिवद्ध’ त्रिमूर्तिको अनुभूति गरेको पनि उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीले यसै वर्षको जुन १८ तारिखमा आमा हिरावेनको सय वर्षको जन्म जयन्ती मनाएर शताब्दी वर्ष सुरु गरेको जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री मोदीको आमाप्रतिको श्रद्धा र त्याग अनूकरणीय रहेको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?