काठमाडौं। इजरायलको छैटौँ प्रधानमन्त्रीका रूपमा बेन्जामिन नेतान्याहुले शपथ लिने हुनु भएको छ ।
लिकुड पार्टीका नेतान्याहुले कट्टर राष्ट्रवादी र कट्टर अर्थोडक्स यहुदी समूहसँग गठबन्धन बनाएपछि फेरि सरकारमा फर्किन लाग्नुभएको हो ।
अन्तर्राष्ट्रिय जगतले भने नेतान्याहु सरकारले प्यालेस्टाइनीहरूसँग द्वन्द्व निम्त्याउने, न्यायपालिकालाई क्षति पुर्याउने र अल्पसंख्यकका अधिकारहरूलाई प्रतिबन्ध लगाउने सम्भावनालाई लिएर चिन्ता व्यक्त गरेका छन् ।
तर, नेतान्याहुले शान्ति र नागरिक अधिकारको सुरक्षाको अनुसरण गरिने प्रतिबद्धता जनाउनुभएको छ ।
संसद् भवन बाहिर जम्मा भएका सयौँ इजरायलीले बन्न लागेको नयाँ सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका