रुचाललाई वर्ष खेलाडीको सम्मान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्रिय मुवाँथाई संघले गुणराज रुचाललाई वर्ष खेलाडीको रुपमा सम्मान गरेको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चमा सम्पन्न एक कार्यक्रमकाबीच रुचाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षंपतीले सम्मान गर्नुभयो। रुचालले नगद ५० हजारसहित सम्मानपत्र प्राप्त गर्नुभयो ।

रुचालले आठौं इन्डो नेपाल मुवाँथाई च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुभएको थियो भने नोभेम्बरमा थाइल्यान्डमा सम्पन्न प्रो फाइटमा च्याम्पियन बन्नुभएको थियो। त्यस्तै रुचाल थाइल्यान्डमै सम्पन्न वल्र्ड मुवाँथाई च्याम्पियनसिपमा कास्य पदक जित्न सफल हुनुभएको थियो ।

संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका विजेता खेलाडलाई पनि सम्मान गर्यो । जेनिका राई नगद १० हजारबाट सम्मानित हुँदा मुकेश लुइटेड नगद ५ हजारबाट सम्मानित हुनुभयो । जेनिकाले नोभेम्बरमा सम्पन्न १७औं वल्र्ड च्याम्पियनसिपमा कास्य पदक जित्नुभएको थियो। मुकेशले भुटानमा सम्पन्न साग किक बक्सिङ च्याम्पियनसिपमा स्वर्ण पदक जित्नुभएको थियो ।

त्यस्तै संघले गोकर्णेश्वर मुवाँथाई कमिटी र सुनसरी जिल्ला मुवाँथाइ संघलाई पनि सम्मान गर्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?