ल्होसार सद्भाव र एकतालाई प्रवद्धन गर्ने एक विशिष्ट पर्व : प्रधानमन्त्री दाहाल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताउनुभएको छ ।

नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो (वर्ष)को स्वागतका रुपमा मनाउने ल्होसार पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले सद्भाव र एकतालाई प्रवद्धन गर्ने एक विशिष्ट पर्वका रुपमा ल्होसार स्थापित रहेको बताउनुभएको छ ।

उहाँले ल्होसारको शुभकामना दिँदै स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्नुभएको छ ।

विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा साँस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण हुन भन्दै उहाँले ल्होसार पर्वले सामाजिक सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने बताउनु भएको छ ।

शुभकामना प्रधानमन्त्री प्रचण्डले यस्ता पर्वहरुले नेपालीबीच आपसी सम्बन्ध सुदृढ हुने विश्वास पनि ब्यक्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?