प्रहरीलाई सरुवा बढुवाका लागि नेताहरूको घरघरमा नजान गृहमन्त्रीको निर्देशन

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजान प्रहरीलाई निर्देशन दिनुभएकाे छ ।

नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा शुक्रबार निरीक्षणका लागि पुग्नुभएका गृहमन्त्री लामिछानेले सरुवा बढुका लागि नेताहरुको घरघरमा नजान निर्देशन दिनुभएकाे हाे । उहाँले कानुन र विधिसम्मत् प्रहरीको बढुवा र सरुवा हुने भन्दै सोहीअनुसार आचरण देखाउन निर्देशन दिनु भएकाे छ ।

‘उपप्रधान तथा गृहमन्त्रीज्यू आज प्रहरी प्रधान कार्यालयमा निरीक्षणका लागि आउनु भएको थियो,’ प्रहरी प्रवक्ता टेकप्रसाद राईले भन्नुभयाे, ‘प्रहरीको सरुवा बढुवा कानुन र विधिसम्मत् हुने गृहमन्त्रीज्यूले बताउनुभयो ।’

कानुन र विधिसम्मत् प्रहरीले गर्ने कार्यमा मन्त्रालयको सहयोग रहने र कुनै पनि हस्तक्षेप नहुने गृहमन्त्री लामिछानेले बताउनु भएकाे प्रवक्ता राईले जानकारी दिनुभयाे ।

कामको शिलशिलाबाहेक राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका अधिकारीसँग विभागीय अनुमतिबिना नभेट्न प्रहरीलाई  निर्देशन दिएको भोलिपल्ट उपप्रधान तथा गृहमन्त्री लामिछाने प्रहरी प्रधान कार्यालयमा पुग्नुभएकाे हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?