६ वर्षीया बालिका करणी आरोपमा युवक पक्राउ

Read Time = 1 min

सोलुखुम्बु । सोलुखुम्बुमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माप्यदुधकोशी गाउँपालिका–५ का २८ वर्षीय सांगे शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सोलुदुधकुण्ड नगरपालिका–७ गार्माकी बालिकालाई बिहीबार करणी गरेको आरोपमा शेर्पालाई आज पक्राउ गरिएको प्रहरी निरीक्षक अनील मिश्रले जानकारी दिनुभयो ।

बालिकाको जिल्ला अस्पताल फाप्लुमा स्वास्थ्य परीक्षण गरिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?