फुटबल सम्राट पेले फुटबल जगतमा अमर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । तीन पटकको विश्वकप विजेता ब्राजिलका फुटबल खेलाडी पेलेको बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको छ ।

ब्राजिलका फुटबल आइकन पेले, सबै समयका महान् खेलाडी र तीन पटकको विश्वकप विजेता जसले 'सुन्दर खेल' को मास्टरमाइन्ड बनाएका थिए । उनी लिजेन्ड एडसन एरेन्टेस डो नासिमेन्टो, 'पेले' भनेर पनि चिनिन्छन् ।

साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालले एक विज्ञप्ति जारी गर्दै क्यान्सरसँग लामो संघर्षपछि उनको मृत्यु ‘मल्टिपल अर्गन फेलियर’ का कारण भएको जनाएसँगै उनी हामी माझ अब छैनन् ।

हामी तिमीलाई असीम प्रेम गरिरहनेछौँ, पेलेकी छोरी केली नासिमेन्टोले इन्स्टाग्राममा लेखेकी छन् । उनको पूर्व टोलीका साथीहरूदेखि वर्तमान् फुटबल स्टारहरूसम्मले उनको निधनप्रति दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।

पेलेले लामो व्यावसायिक जीवनकोे दौडान फुटबल खेललाई नै रूपान्तरण गरेका थिए ।

अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनल मेस्सीले सामाजिक सञ्जालमा उनको आत्मको शान्तिका लागि प्रार्थना गरेका छन् ।

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले महान् फुटबलरको निधनपछि तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् । नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले ट्वीट गर्दै पेलेले राष्ट्रका लागि सन् १९५८, १९६२ र १९७० मा तीन पटक विश्वकप जिताएको स्मरण गर्दै उनप्रति श्रद्धा व्यक्त गरेका छन् ।

पेलेले आफ्नो पहिलो विश्वकपमा ६ गोल गरे । तीमध्ये फाइनलमा घरेलु टिममाथि ५–२ को जितका क्रममा गरेको २ गोल पनि सामेल छ ।

मृगौलाको समस्या र कोलोन क्यान्सरसँग जुधिरहेका उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सन् २०२१ को सेप्टेम्बरमा उनको शल्यक्रिया गरिएको थियो भने त्यसपछि केमोथेरापी गरिँदै आएको थियो ।

पेलेको पूर्व क्लबकाअनुसार सोमबार क्रिश्चियन परम्परा अनुसार ‘वेक हुनेछ र त्यसपछि मङ्गलबार दक्षिणपूर्वी शहर सान्तोसमा अन्त्येष्टि हुनेछ । पेलेले आफ्नो क्यारियरको अधिकांश समय सान्तोसमा खेलेर बिताएका थिए ।

महान् फुटबलर पेलेका समर्थकहरूले फूलहरू चढाउन सान्तोसस्थित रङ्गशालामा भेला भएका छन् भने शहरमा सात दिनको शोकको घोषणा गरिएको छ ।

उनी तीन पटक विश्वकप फुटबल उपाधि जित्न सफल एक मात्र खेलाडी हुन् ।

गत नोभेम्बर महिनामा अस्पतालबाट बोल्दै उनले आफ्ना प्रशंसक र दीर्घायुका लागि ईश्वरलाई धन्यवाद दिएका थिए।

उनको जन्म सन् १९४० मा दक्षिणपूर्वी ब्रजिलमा एउटा गरिब परिवारमा भएको थियो । तर उनले आफ्नो प्रतिभा र अद्भूत क्षमताका कारण फुटबल जगतमा अमर रहनेछन् ।

-एजेन्सीको सहयोगमा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?