मड्रिड । एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा इल्चेमाथि २-० को सहज जित हात पारेको हो । वान्डा मेट्रोपोलिटानोमा बिहीबार राति भएको खेलमा एट्लेटिकोको जितमा जोआओ फेलिक्स र अल्भारो मोराटाले एक-एक गोल गर्नुभयो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा गोन्जालो भेर्डुले सिधै रातो कार्ड खाँदै मैदान छाड्नुपरेको थियो । यस्तै ५३औं मिनेटमा मारियो हर्माेसो तीन मिनेटको अन्तरमा दुई पहेंलो कार्ड खाँदै मैदान छोड्नुपर्यो ।
त्यसपछि ५६औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई १–० को अग्रता दिलाउनुभयो । ७४औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई २-० ले अघि बढाउनुभयो । त्यसपछि थप गोल निस्कन नसक्दा एट्लेटिको विजयी हुन सफल भयो । यस जितसँगै एट्लेटिको १५ खेलबाट २७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको रियल सोसिडाडको २६ अंक छ । पराजित इल्चे ४ अंक जोडेर पुछारमा छ । एजेन्सी ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका