कोरिया जाने कामदारको भिसा शुल्क वृद्धि

Read Time = 1 min

काठमाडौं । सरकारले कोरियन भाषा परीक्षा (इपिएस)मार्फत् दक्षिण कोरिया जाने नेपाली कामदारको भिसा शुल्क बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको इपिएस कार्यालयले सूचना जारी गर्दै भाषा परीक्षा पास गरी कोरिया जाने कामदारको भिसा शुल्क बढेको जनाएको हो ।

नेपालस्थित कोरियन राजदूतावासबाट सन् २०२२ डिसेम्बरसम्म सात हजार दुई सय रुपैयाँ शुल्कबापत लिँदै आएकोमा सन् २०२३ जनवरीदेखि शुल्कमा छ सय रुपैयाँ वृद्धि गरी सात हजार आठ सय रुपैयाँ पुर्‍याइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?