अल्का अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर

Read Time = 2 mins

ललितपुर । जावलाखेलस्थित अल्का अस्पतालले पुस १८ गतेदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । अस्पतालले पुस २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने र शिविरमा आइभिएफ, मधुमेह तथा न्युरो साइक्याट्रिक विशेषज्ञबाट स्वास्थ्य जाँच गरिने जनाएको छ ।

शिविरमा स्वास्थ्य जाँच गरिएकालाई चिकित्सकको सिफारिसअनुसार निःशुल्क ल्याब र औषधि वितरण पनि गरिने बताइएको छ । शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा एक लाख छुटको व्यवस्था गरिएको छ भने एमआरआई र सिटिस्क्यान पनि निःशुल्क गरिने अस्पतालले जनाएको छ । शिविरमा सहभागीलाई एक महिनासम्म फलोअपमा पनि शुल्क लाग्ने छैन । अस्पतालले यसअघि लमजुङ, मकवानपुर, काभ्रेलगायतका दर्जनौं जिल्लामा शिविर आयोजना गरिसकेको छ ।

अस्पतालमा एनआइसियु कक्षका साथै टेष्टट्युब बेबी सेवा, प्रसूति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटुरोग, नशा, बाथ रोग, यौन तथा छालारोग, ग्यास्ट्रोलोजी, रेडियोलोजी, आँखा, नाक, कान घाँटी, दाँत रोग, युरोलोजिष्ट, कलेजो रोग, एनेस्थेसियालगायत सेवा सञ्चालनमा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?