काठमाडौं । खल्तीले आइएमई लाइफ इन्स्योरेन्स प्रयोगकर्ताका लागि बीमा प्रिमियम खल्तीमार्फत् भुक्तानी अफर ल्याएको छ । अफरअन्तर्गत प्रयोगकर्ताले प्रिमियम भुक्तानीमा एक हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन् । यस सुविधामार्फत् आइएमई लाइफ प्रयोगकर्ताले नेपालभर जहाँबाट पनि सजिलै खल्तीबाट प्रिमियम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।
आइएमई लाइफको बीमा प्रिमियम खल्ती एपको होमस्क्रिनमा गई ‘इन्स्योरेन्स’ मा ट्याप गरी आइएमई लाइफ इन्स्योरेन्स’ छनोट गरेर मागिएको विवरण भरी भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । तर, प्रयोगकर्ताले तोकिएको मितिभन्दा अघि वा तोकिएको मितिपछिको सात दिनभित्र प्रिमियम तिर्दामात्रै बोनस प्राप्त हुनेछ ।
यसका साथै कम्पनीले खल्तीमा लिंक गरिएको बैंक खातामार्फत् भुक्तानी गर्ने कुनै ४५ भाग्यशाली प्रयोगकर्तालाई ३२ इन्च टिभी जित्ने अवसरसमेत प्रदान गरेको छ । आइएमई लाइफको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताले लिंक गरिएको बैंकबाट भुक्तानी गरी अफरमा सहभागी हुन सक्नेछन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका