‘मेरो डिजिटल देश’ अभियानमा आकर्षण

Read Time = 3 mins

काठमाडौं । विश्वका दुई सयभन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपालको सबैभन्दा ठूलो डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले आयोजना गरेको ‘मेरो डिजिटल देश’ अभियानप्रति आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ । वैधानिक माध्यमबाट आउने रेमिट्यान्स प्रवद्र्धनका लागि इसेवा मनी ट्रान्सफरले सुरु गरेको अभियानमा हालसम्म विदेशमा रहेका नेपालीहरूको उत्साहजनक सहभागिता रहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार नेपालीहरू हरेक दिन अभियानमा जोडिँदै जानेक्रम बढ्दो छ ।

अभियान आगामी चैत ६ गतेसम्म सञ्चालनमा रहनेछ । अभियानअन्तर्गत संसारका कुनै पनि मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ६५ लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् । साथै विदेशबाट आएको रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गरेर पनि अभियानमा सहभागी हुन सकिनेछ ।

अभियानमा सहभागी भई इसेवा मनी ट्रान्सफरमार्फत् रकम पठाउँदा हरेक महिना एकजनाले छ महिनासम्म आकर्षक पुरस्कार प्याकेज तथा बम्परमा एकजनाले काठमाडौंमा घर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

मेरो डिजिटल देश अभियानमार्फत् विदेशमा रहेका नेपालीहरूलाई डिजिटल र वैधानिक माध्यमबाट रेमिट्यान्स पठाएर देशको आर्थिक उन्नतिमा योगदान पु¥याउन यस अभियानले सहयोग पु¥याउने इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बताउनुभएको छ । अभियानमा महानायक राजेश हमाल पनि जोडिनुभएको छ । हमालले अभियानसँग जोडिएर देश तथा विदेशमा गई डिजिटल रेमिट्यान्ससम्बन्धी जागरुकता जगाउने कार्य गर्दै आउनुभएको छ । केही अघिमात्र उहाँले युएईमा अभियानको प्रवद्र्धन गर्नुभएको थियो । नायिका स्वस्तिमा खड्का पनि यसमा जोडिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?