काठमाडौं । विश्व परिवेशमा हरेक पेशा व्यवसायमा सफलता हासिल गर्न अपरिहार्य जस्तै बनेको छ, व्यक्तिको वाचनकला । जसका लागि काठमाडौंको तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल मावि/कलेजले विद्यार्थीको वाचनकलामा निखार ल्याउन ‘ट्रिटन टक सिजन १’ आयोजना गरेको छ ।
कक्षा ११, १२ का विद्यार्थीलाई कक्षाकोठाको पठनपाठनको सैद्धान्तिक ज्ञान व्यक्ति विकासमा देखाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको कार्यक्रम व्यवस्थापक कमान सिंह आरसीले बताउनुभयो । विभिन विषयवस्तु समेटी ११ शीर्षकमा विद्यार्थीले आफ्ना प्रस्तुति दिएका थिए । कार्यक्रममा हरेक शीर्षकमा एकजना प्रस्तोता र अर्का एकजना विषयविज्ञका रूपमा प्रस्तुत भएका थिए ।
कार्यक्रमलाई व्यावहारिक र क्षमता वृद्धि प्रदान गर्न विभिन्न विद्यार्थी, शिक्षकशिक्षिकाबाट पनि जिज्ञासा राखी विज्ञमार्पmत् भनाइहरू राखिएका थिए । प्राचार्य स.प्रा. मदन शाक्यले यस्ता कार्यक्रमले विद्यार्थीको सिकाइ प्रभावकारी हुने र तार्किक क्षमता बढ्ने भएकाले अन्य विद्यार्थीलार्ई हौसला मिल्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच