नवनिर्मित विद्यालय भवन हस्तान्तरण

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

नवराज शिवाकोटी/हिटा
दोलखा । दोलखा सदरमुकाम चरिकोटस्थित पशुपतिकन्या माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । चार करोड ६२ साल ८५ हजार ९६० (भ्याटबाहेक) रुपैयाँको लागतमा निर्माण भएको भवन एक समारोहकाबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

विद्यालयको ३७औँ स्थापना दिवस तथा भवन हस्तान्तरण समारोहमा सो भवन विद्यालयलाई हस्तान्तरण भएको पशुपति कन्या माध्यमिक विद्यालयकाका प्रधानाध्यापक गोविन्दनारायण मानन्धरले जानकारी दिनुभयो । नवनिर्मित भवनको भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले उद्घाटन गर्नुभएको थियो ।

नवनिर्मित तीन तल्ले भवनमा नौ कोठाहरू रहेका छन् । भवन, कम्पाउण्ड, शौचालय लगायतको निर्माणको काम सम्पन्न भएकाले भवन हस्तान्तरण गरिएको खानी/समानान्तर जेजीका सब कन्ट्रयाक्टर रोनिसा निर्माण सप्लायर्स प्रालिका प्रोपाइटर रोहित बुढाथोकीले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) तथा खानी/समानान्तर जेभीबीच २०७७ साल भदौ १ गते सम्झौता भएको थियो । २०७८ चैत्र २९ गते काम सम्पन्न गर्ने गरी सम्झौता भए पनि म्यादभित्र काम नसकिएपछि म्याद थप गरिएको थियो ।

नौ कोठे भवनमा विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, पुस्तकालय, प्रशासकीय कक्ष तथा कक्षा कोठाका लागि आवश्यक पूर्वाधार सहितको व्यवस्था रहेको छ । सोलार बत्ती तथा आवश्यक फर्निचरसमेत सम्झौताबमोजिम विद्यालयलाई उपलब्ध गराइएको प्रोप्राइटर बुढाथोकीले जानकारी दिनुभयो । विद्यालयका केही पुराना भवनहरूको रेक्ट्रो फिटिङ पनि खानी/समानान्तर जेभीले नै गरिरहेको छ । भवन निर्माण सम्पन्न भई हस्तान्तरण भएकाले अब रेक्ट्रो फिटिङ कार्य द्रुत गतिमा अगाडि बढ्ने बुढाथोकीको भनाइ छ ।

नेपाल सरकार र एशियाली विकास बैंकको सहयोगमा सञ्चालित विपद् उत्थानशील विद्यालय परियोजना (डिआरएसपी)अन्तर्गत भवन निर्माण तथा रेक्ट्रो फिटिङ कार्य भएको हो । आम विनाशकारी भूकम्प २०७२ ले क्षति गरेका विद्यालयहरू पुनर्निर्माण गर्न स्थापित डिआरएसपी परियोजना सञ्चालनका लागि नेपाल सरकारको १७ दशमलव ६ प्रतिशत, वैदेशिक ऋण ७४ दशमलव ९ तथा वैदेशिक सहायता ७ दशमलव ५ प्रतिशत लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
पुस्तक समीक्षा : ‘कक्षाकोठामा ३५ वर्ष’ ले देखाएको शैक्षिक सुधारको बाटो सरकारको नियतमाथि शङ्का नगर्न आग्रह गर्दै रवि लामिछानेले भने: समस्या देखिए निर्णय… राजविराज कारागारमा विवाद : पाँच कैदीबन्दीद्वारा आत्मदाह प्रयास गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन बागमती सरकारबाट एमालेका ६ मन्त्रीले राजीनामा दिने इरानमा अमेरिकी आक्रमण जारी, पछिल्लो आक्रमणमा ३८ जनाको मृत्यु ठगी गरेको आरोपमा एकैपरिवारका तीन जना पक्राउ उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत जेलरको सरुवाको माग गर्दै सप्तरी कारागारमा कैदीबन्दीको आन्दोलन, अवस्था तनावग्रस्त दुई दिन अत्यधिक वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह