कोरोना महामारी बारे वास्तविक सूचना दिन चीनलाई डब्लूएचओको आग्रह

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिनियाँ अधिकारीहरूलाई कोरोना महामारीको बारेमा वास्तविक जारीकारी दिन आग्रह गरेको छ ।

डब्लूएचओले चीनबाटै यसअघि सन् २०१९ मा सुरु भएको कोरोना महामारीका बेला पनि जानकारी दिन आनाकानी गरेको भन्दै यसबारे पर्याप्त जानकारी दिन आग्रह गरेको हो ।

डब्लूएचओले अस्पताल भर्ना, सघन उपचारको अवस्था र मृत्यु भएकाहरुको यकिन विवरण उपलब्ध गराउन पनि चीनसँग आग्रह गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

यसअघि जारी गरेका विभिन्न प्रतिबन्धहरु खुकुलो पारेसँगै चीनमा कोरोना महामारी संक्रमणको दर ह्वात्ते बढेको भन्दै डब्लूएचओले चिन्तासमेत व्यक्त गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?