कैलालीमा हाइस दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ घाइते

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 1 min

कैलाली । कैलालीको गौरिगंगा नगरपालिका-६ वनवेहडामा हाइस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन । महेन्द्रनगरबाट लम्कीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ४०६ नम्बरको हाइस दुर्घटनामा परेको हो ।

घाइतेलाई सेती प्रादेशिक अस्पताल र मायामेट्रो अस्पतालमा उपचारका लागि लगाएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

घाइते र मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?