काठमाडौं । नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन हुनुभएको छ ।
बागमती प्रदेशका इञ्चार्जलगायतका शीर्ष नेताहरुको उपस्थितिमा आज यहाँ सम्पन्न बैठकले दल नेतामा जम्मकट्टेललाई चयन गरेको हो ।
उहाँ यसअघि पनि दलको नेता नै हुनुहुन्थ्यो । उहाँ हाल पनि प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्रीका रुपमा कार्यरत हुनुहुन्छ ।
हिजो र आज भएको छलफलपछि माओवादी केन्द्रका पालिटब्यूरो सदस्यसमेत रहनुभएका जम्मकट्टेललाई संसदीय दलको नेतामा चयन गरिएको प्रदेशसभा सदस्य युवराज दुलालले जानकारी दिनुभयो ।
बागमती प्रदेशसभामा धादिङ क्षेत्र नं १ प्रदेशसभा २ बाट १९ हजार नौ सय २९ मतका साथ निर्वाचित हुनुभएका जम्मकट्टेल संविधानसभा सदस्यसमेत हुनुहुन्छ । संसदीय दलको नेतामा बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलको पनि दाबी थियो । प्रदेशसभामा माओवादी केन्द्रका २१ सांसद छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका