माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको बैठक निष्कर्षविहीन

Read Time = 1 min

धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको बैठक निष्कर्षविहीन बनेको छ । संसदीय दलको नेता छनोटका लागि आज बिहानदेखि बसेको बैठक निष्कर्षविहीन बनेको हो ।

दलको नेतामा सहमति जुट्न नसक्दा भोलि आइतबार पुनः बैठक बस्ने गरी बैठक टुङ्गिएको प्रदेश सभा सदस्य अक्कल रावलले बताउनु भयो । ११ जना प्रदेश सभा सदस्य रहेको माओवादीभित्र संसदीय दलको नेताका लागि खगराज भट्ट, ओमविक्रम भाट, अक्कल रावल र मान बहादुर धामी आकाङ्क्षी रहेकोमा अक्कल रावल र मानबहादुर धामीले प्रदेश इन्चार्जसमेत रहनुभएका भट्टलाई समर्थन गर्नुभएको छ ।

भाटले भने दलको नेतामा आफ्नो अडान कायमै राख्नुभएको छ । आज छनोट हुन नसकेपछि भोलि बस्ने बैठकले दलको नेता छनोट गर्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?