साताभर सेयर बजारमा उच्च कारोबार

Read Time = 2 mins

काठमाडौं । नयाँ सरकारसँगै सेयर बजारले आशा जगाएको छ । पछिल्लो साताको सोमबारदेखि बिहीबारसम्म जम्मा चार दिन खुलेको बजारमा नेप्से सूचक एक सय ६१ अंकले बढेर झण्डै २० सय ३० अंकमा पुगेको छ । चार दिनमा १० अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ, जुन तीन महिनापछिकै उच्च हो ।

गत साता दैनिक औसत ९९ करोडको सेयर कारोबार भएको बजारमा यस साता दैनिक दुई अर्ब ७५ करोडको कारोबार भएको छ । गत साताको दैनिक औसत कारोबार रकमको तुलनामा यस साताको दैनिक औसत कारोबार रकम १७७.२३ प्रतिशत बढेको हो । यस साता दैनिक औसत कारोबार संख्या ८८.६८ प्रतिशत बढेको छ भने दैनिक औसत सेयर संख्या १६७.७१ प्रतिशत बढेको छ ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि साढे आठ प्रतिशतभन्दा बढी बढेको छ । गत साता २७ खर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण यस साता दुई खर्ब ३४ अर्ब रुपैयाँ बढेर २९ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । नयाँ सरकारसँगै अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेलको पुनरागमनपछि सेयर लगानीकर्ता आशावादी देखिएका छन् । सेयर लगानीकर्तामात्र नभई समग्र निजी क्षेत्र आशावादी देखिएको छ । अर्थमन्त्री पौडेलले निजी क्षेत्रका साथै सेयर बजारका समस्या छिटो समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?