प्रभु लाइफद्वारा २० लाख बीमा दाबी भुक्तानी

Read Time = 1 min

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ । २०७८ पुस २८ गते प्रभु लाइफमा २० लाख बीमांक रकमको जीवन बीमा गर्नुभएका गणेश विश्वकर्माको असोज २८ गते मृत्यु भएको थियो । पहिलो प्रिमियमस्वरूप एक लाख ३६ हजार छ सय ५४ रुपैयाँमात्र बीमा शुल्क बुझाउनुभएका विश्वकर्माको दोस्रो किस्ता रकम बुझाउने समयअघि मृत्यु भएको थियो ।

प्रभु लाइफले बीमित स्वर्गीय विश्वकर्माकी श्रीमती सन्तमाया मगर र बुबा धनबहादुर मगरलाई धरान शाखा कार्यालयमा एक कार्यक्रमबीच २० लाखको चेक हस्तान्तरण गरेको छ । प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राईले संयुक्तरूपमा चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । प्रभु लाइफका प्रदेश १ प्रमुख भट्टराईले जीवन बीमालाई विश्वसनीय बनाउन दाबी भुक्तानी सरल, सहज र चुस्तरूपमा गर्ने कम्पनीको नीति रहेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?