यस्तो छ विदेशी मुद्राको विनिमय दर

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिद १४० रुपैयाँ ७८ पैसा र बिक्रीमा १४१ रुपैयाँ ४२ पैसा तोकिएको छ । अष्ट्रेलियन डलरको खरिदमूल्य ८९ रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ७ पैसामा कारोबार भइरहेको छ ।

साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ११ पैसा र बिक्रीमा ३५ रुपैयाँ २७ पैसा तोकिएको छ । कतारी रियालको खरिदमा ३६ रुपैयाँ १६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३२ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९८ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ १२ पैसा रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४९ पैसा र बिक्रीमा १० रुपैयाँ ५४ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९३ पैसा र बिक्रीमा १७ रुपैयाँ एक पैसा, कुवेती दिनार एकको खरिद दर ४३१ रुपैयाँ ५० पैसा र बिक्रीमा ४३३ रुपैयाँ ४६ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ २५ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ८४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?