रितुको कप्तानीमा बैतडीको टोली घोषणा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ । जिल्ला क्रिकेट संघले रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । टोलीका अन्य सदस्यमा निर्मला भण्डारी, पिंकी बोहरा, वसन्ती बोहरा, रेनु पेला, लक्ष्मी महर, मनिषा बोहरा, ममता बोहरा, आरती बोहरा, करिश्मा थापा, जानकी थापा, संगीता मौनी, ललिता चन्द र दिव्या कार्की रहनुभएको छ ।

यस्तै, पूजा कार्की, बबिता बोहरा, लक्ष्मी बोहरा, आशिका बोहरा वैकल्पिक खेलाडीका रूपमा रहनुभएको छ । प्रशिक्षकमा दीपेन्द्र चन्द र व्यवस्थापकमा दीपेन्द्रबहादुर बोहरालाई जिम्मेवारी लिइएको छ ।

दुई दिनसम्म सञ्चालन भएको बन्द प्रशिक्षणबाट उत्कृष्ट प्रदर्शन गरेका आधारमा टोली घोषणा गरिएको संघका सचिव सिद्धराज बोगटीले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेश छनोट प्रतियोगिता यही पुस १८ गतेदेखि कैलालीको फाप्ला मैदानमा हुँदैछ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टका अनुसार सहभागी हुने सात टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कञ्चनपुर, बैतडी, डोटी र अछाम रहेका छन् । यस्तै, समूह ‘बी’ मा कैलाली, बझाङ र डडेल्धुरा छन् ।

सहभागीमध्ये शीर्ष दुईमा पुग्ने टोलीबीच यही पुस २३ गते फाइनल भिडन्त हुने जनाइएको छ । प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २९ गतेदेखि इटहरीमा हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?