‘मिस यूनिभर्स’मा प्रतिस्पर्धाका लागि सोफिया अमेरिका प्रस्थान

Read Time = 1 min

काठमाडौं । ‘मिस यूनिभर्स नेपाल २०२२’ कि विजेता सोफिया भुजेल अमेरिका प्रस्थान गर्नुभएको छ । यहाँ ‘मिस यूनिभर्स’मा प्रतिस्पर्धा गर्न त्यसतर्फ प्रस्थान गर्नुभउको हो । राष्ट्रिय झण्डाको साथमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएककी भुजेललाई ‘मिस यूनिभर्स नेपाल’की निर्देशक नग्मा श्रेष्ठलगायतको टिमले विदाई गरेको थियो । ‘म यस पटक नेपालमा मिस यूनिभर्सको ताज भित्राउन उत्साहित छु । यसका लागि म आफ्नो उत्कृष्ट प्रस्तुति मिस यूनिभर्सको स्टेजमा दिनेछु’, सोफियाले भन्नुभयो ।

अमेरिकाको लुसियानास्थित न्यू अर्लियन्समा हुन गइरहेको प्रतियोगितामा सोफियाले नेपाली संस्कृति झल्कने पहिरन लगाएर नेपाललाई प्रतिनिधित्व गर्नुहुनेछ । जनवरी १४ मा विश्वका ८५ भन्दा बढी देशका प्रतिस्पर्धीले ‘मिस यूनिभर्स’को ताजका लागि प्रतिस्पर्धा गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?