बैतडी । बैतडीको पाटन नगरपालिकाले वडाबाट नै योजनाको सम्झौता गर्न थालेको छ । आर्थिक बर्ष २०७९/०८० का लागि नगरपालिकामार्फत विनियोजति योजनाहरूको सम्झौता सम्बन्धित वडामै गएर सम्झौता गरिरहेको हो । योजना शाखाका प्राविधिक, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत लगायतको टोली सम्बन्धित वडामै पुगेर योजनाको सम्झौता थालेको नगरपप्रमुख गौरीसिंह रावलले जानकारी दिनुभयो । स-साना योजनाहरूको पनि सम्झौता गर्न नगरपालिकाको कार्यालयमा नै पुग्न सेवाग्राहीहरूलाई झन्झटिलो हुने भएकाले वडामै पुगेर योजनाहरुको सम्झौता वडामै पुगेर गर्न थालिएको उहाँले बताउनुभयो ।
पाटन नगरपालिकामा १० वडा रहेका छन् । बुधबार वडा नम्बर १० का चालुआर्थिक बर्षका योजनाहरूका सम्झौता गरिएको वडा अध्यक्ष धनबहादुर कुँवरले बताउनुभयो । चालु आर्थिक बर्षका लागि विनियोजित २४ योजना मध्ये २० योजनाको सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो । बाँकी योजनाका अध्यक्षहरू बाहिर रहेकाले उनीहरू आउने बित्तिकै सम्झौता गरिने वडा अध्यक्ष कुँवरले बताउनुभयो ।
वडामै पुगेर योजनाहरूको सम्झौता गर्न थालेपछि सहज भएको बर्मराहु मन्दिर निर्माण योजनाका उपभोक्ता समितिका अध्यक्ष पार्वती भट्टले बताउनुभयो । ‘सम्झौताका लागि नगरपालिका पुग्दा केही कागजपत्र छुटे फेरि वडामै फर्किनुपथ्र्याे, अहिले त्रुटि भए वा कागजपत्र छुटे वडामै हुने भएकाले सहज भएको छ’ उहाँले भन्नुभयो ।
छिट्टै बाँकी रहेका वडाहरूमा पनि टोली नै पुगेर सम्झौता गरिने नगरपालिकाले जनाएको छ । वडामा पुगेर योजनाहरूको सम्झौतासँगै ती योजनाहरूलाई दिगो र व्यवस्थित रूपमा सञ्चालन गर्न पनि उपभोक्ता समितिका अध्यक्षहरूलाई भनिएको नगर उपप्रमुख कमलसिंह बोहरा बताउनुभयो । नगरपालिकाभित्र चालु आर्थिक बर्षका योजनाहरू चैत्र मसान्तभित्र सक्ने गरी कार्यान्वयन गर्न निर्देशन दिइएको पनि उहाँले जानकारी दिनुभयो । यसअघि पाटन नगरपालिकामा सञ्चालन हुने योजनाहरूको उपभोक्ता समितिको अध्यक्षमा भएसम्म अनिवार्य गरेको गरेको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका