बर्दिया । बर्दिया नेपाली कांग्रेसका प्रवत्ता डा.प्रकाशशरण महतले अन्तिम अवस्थामा आएर प्रचण्डले धोखा दिएको बताउनुभएको छ । बर्दियाको गुलरियामा पत्रकारसँग भेटघाट गर्दै महतले गठबन्धन १५ देखि २० वर्षसम्म लैजाने नेपाली कांग्रेसको योजना भए पनि सत्ता लोभका कारण प्रचण्डले बाटो बिराएको आरोप लगाउनुभएको हो ।
निर्वाचन पहिलो दल बनेपछि स्वाभाविक रूपमा प्रधानमन्त्रीको दाबी गरेको नेपाली कांग्रेसले त्यसलाई अन्यथा लिन नहुने बताउँदै महतले प्रधानमन्त्री बन्ने लालचका कारण गठबन्धन भत्किएको बताउनुभयो । साथै उहाँले यो गठबन्धन पनि धेरै समय टिक्न नसक्ने दाबीसमेत गर्नुभयो ।
पार्टीको आन्तरिक द्वन्द्वका कारण पनि गठबन्धन टुटेको भए पनि नेपाली कांग्रेसका केही पदाधिकारी सच्चिनुपर्नेमा उहाँको जोड थियो । गठबन्धन टुट्ने अवस्थामा पार्टीका जिम्मेवार पदाधिकारीलाई काठमाडौं नछोड्ने सर्कुलर भए पनि त्यसको बेवास्ता गर्ने केही पदाधिकारीले बोल्ने भाषा पार्टीको लागि दुःखद भएको टिप्पणी गर्नुभयो । अब नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका निभाउने भएको हुँदा सशक्त रूपमा अगाडि बढ्ने जानकारी गराउनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका