सुर्खेत । उच्च अदालत सुर्खेतले मुसिकोट नगरपालिकामा पुनः मतगणना गर्नु नपर्ने फैसला गरेको छ । मुसिकोट नगरपालिकाका मेयरका प्रत्याशी माओवादी केन्द्रका वसन्त कुमार शर्मासहित दुईवटा वडा अध्यक्षका प्रत्याशीले पुनः मतगणनाको मागसहित दायर गरेको मुद्दामा उच्च अदालत सुर्खेतले यस्तो फैसला गरेको हो ।
पुस १३ गते मुख्य न्यायाधीश माधवप्रसाद पोख्रेल र न्यायाधीश लेखनाथ ढकालको संयुक्त इजलासले शर्मा लगायत वडा नं १ का वडा अध्यक्षका प्रत्याशी डम्बर थापा र वडा नं १४ का वडा अध्यक्षका प्रत्याशी चन्द्रबहादुर विष्टले पुनस् मतगणनाको मागसहित दायर गरेको मुद्दामा दाबी नपुगेको भन्दै पुनः मतगणना नगर्नुपर्ने फैसला सुनाएको हो ।
तीनै जना प्रत्याशीहरूले गत जेठ १२ गते पुन: मतगणनाको माग गर्दै उच्च अदालत सुर्खेतमा मुद्दा दायर गरेका थिए । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मुसिकोट नगरपालिकामा १३ मतान्तरले नेपाली कांग्रेसका महेन्द्र केसी विजयी हुनुभएकाे थियाे । केसीले ६९१४ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी शर्माले ६९०१ मत प्राप्त गरेका छन् ।
वडा नं १ मा कांग्रेसका ज्ञानुचन्द्र चन्द र वडा नं १४ मा कांग्रेसकै गोवर्धन वली विजयी भएका थिए ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको