बैतडी । जिल्ला अस्पताल बैतडी न्युनतम स्वास्थ्य मापदण्डमा देशभरिमै दोश्रो स्थानमा रहेको छ ।
सुदूरपश्चिममा पहिलो स्थानमा आएको बैतडी अस्पताल देशभरीमै दोश्रो स्थानमा रहेको हो । ९१ प्रतिशतसहित पहिलो स्थानमा रहेको दमौली अस्पतालपछि ८९ प्रतिशतसहित बैतडी अस्पताल दोश्रो स्थानमा रहेको छ ।
अस्पतालको संरचना, व्यवस्थापकीय पक्ष र अस्पतालले प्रवाह गर्ने न्युनतम स्वास्थ्य सेवा र व्यवस्थापनका सूचकको आधारमा गरिएको सर्बेक्षणमा बैतडी अस्पताल दोश्रो स्थानमा रहेको जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.दिपेश श्रेष्ठले जानकारी दिनुभयो ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालय डोटी र निक साइमन इन्स्टिच्युट गरेको संयुक्त रुपमा अनुगमन गरेको थियो । उक्त अनुगमनमा बैतडी अस्पतालले ८९ प्रतिशत अंक प्राप्त गरको थियो ।
लगातार दोश्रो कार्यकालका लागि जिल्ला अस्पताल बैतडीको अध्यक्ष नियुक्त भएर अस्पतालको व्यवस्थापकिय जिम्मेवारी समालेकी पार्वती भट्टले बैतडीबासीको लागि सुखद पक्ष भएको बताउनुभयो ।
नयाँ भवनबाट सेवा दिइरहेको जिल्ला अस्पतालमा अहिले ३ जना बिशेषज्ञ सहित ८ जना चिकित्सक कार्यरत रहेका छन् । हाडजोर्नी सम्बन्धि अप्रेशन सहित उपचार सेवा सञ्चालनमा रहेको डा. श्रेष्ठले बताउनुभयो । यस्तै एमडीजीपी र एनस्थियोलोष्टि समेत अस्पतालमा कार्यरत रहेका छन् । जिल्ला अस्पताल देशभरीकै दोश्रो स्थानमा आउनु जिल्लाबासीका लागि निकै राम्रो पक्ष भएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष पार्वती भट्टले बताउनु भयाे ।
यसैगरी सुदूरपश्चिम प्रदेशका बैतडी सहित तीन जिल्ला उत्कृष्ट ५ भित्र परेका छन् । जिल्ला अस्पताल अछाम ८७ प्रतिशत तेश्रो तथा जिल्ला अस्पताल बझाङ ८४ प्रतिशत अंक सहित देशरीमै चौथो स्थानमा रहेको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका