डा.मल्लका ‘रुइसे दरबार’ र ‘सेतो धर्तीमा सप्तरंगी फूल’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । लेखक, साहित्यकार एवं समाजशास्त्री डा.दलिपकुमार मल्लका दुईवटा कृति ‘रुइसे दरबार’ र ‘सेतो धर्तीमा सप्तरंगी फूल’को लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच डा.मल्लका दुईवटै कृति काठमाडौंमा कांग्रेस नेता डा.आरजु राणा देउवाले लोकार्पण गर्नुभएको हो ।

प्रकाशित दुवै पुस्तकमध्ये ‘सेतो धर्तीमा सप्तरंगी फूल’ द्वन्द्वले पारेको सामाजिक मनोवैज्ञानिक कथा संग्रह हो । यसले दशवर्षे सशस्त्र द्वन्द्वको कथा र त्यसमा भएको सामाजिक पीडाहरूको चित्रण गरिएको छ । कथा संग्रहको समीक्षक सुमन वर्षाले समीक्षा गर्नुभएको थियो । ४४ वटा कथा समेटिएको कथा संग्रहमा द्वन्द्व र यद्धकालका समकालीन समयलाई प्रतिबिम्वित गरेको वर्षाले बताउनुभयो ।

यस्तै, ‘रुइसे दरबार’ एक ऐतिहासिक सामाजिक विषयवस्तु समेटिएको उपन्यासका रूपमा रहेको बताइएको छ । रुइसे दरबार उपन्यासमार्फत् म्याग्दी राखूमा रहेको ओझेलमा परेको इतिहास र त्यसको गरिमालाई उठान गरिएको छ । यो उपन्यासले १४औं शताब्दीको एक सामाजिक कथाको चित्रण गरेको छ । रुइसे दरबारमाथि समीक्षा गर्दै समालोचक, साहित्यकार एवं समीक्षक राजकुमार बानियाँले बाईसे, चौबीसे राज्यहरूको कुरा उपन्यासमा समेटिएको जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?