सहकारी बैंकको अध्यक्षमा फेरि उप्रेती

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा पुनः केबी उप्रेती निर्विरोध निर्वाचित हुनुभएको छ । बैंकको १९औँ साधारणसभाले अध्यक्ष उप्रेतीसहित १५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको हो ।

सञ्चालक समिति सदस्यमा प्रदेश १ बाट महेन्द्रकुमार गिरी, मधेश प्रदेशबाट विश्वनाथ मण्डल, बागमती प्रदेशबाट रामहरि बजगाईं, गण्डकी प्रदेशबाट रामबहादुर जिसी, कर्णाली प्रदेशबाट कालिबहादुर महतारा, लुम्बिनी प्रदेशबाट विजया धिताल र सुदूरपश्चिम प्रदेशबाट शिवा थापा रहनुभएको छ ।

खुला सञ्चालक सदस्यमा केदार मानन्धर, माधवलाल देवकोटा, धु्रवराज बिष्ट, मनोजकुमार थापामगर र महिला सञ्चालकमा अमृता सुब्बा, तारा गुरुङ र पार्वती थापा रहनुभएको छ । त्यस्तै, लेखासुपरीवेक्षण समिति संयोजकमा लक्ष्मीप्रसाद सापकोटा, सदस्यमा केशवप्रसाद सापकोटा र चन्द्रकुमारी पराजुली रहनुभएको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?