नर्भिकमा पनि मिर्गाैला प्रत्यारोपण सेवा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले पनि मिर्गाैला प्रत्यारोपण सेवा सुरु गरेको छ । नर्भिकले हालसम्म दुई व्यक्तिको मिर्गाैलाको सफलतापूर्वक प्रत्यारोपण सम्पन्न गरिसकेको जनाएको छ । मिर्गाैला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरुषमा उहाँकी ५५ वर्षीया पत्नीने दान दिएको मिर्गाैला सफलतापूर्वक प्रत्यारोपण गरेको हो । त्यस्तै, हस्पिटलले ५४ वर्षीय अर्का पुरुषमा उहाँकी ३० वर्षीया छोरीले दिएको मिर्गाैलाको पनि सफल प्रत्यारोपण गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

नर्भिकका विज्ञ चिकित्सक डा. राकेश बर्मा र डा. आरके अग्रवाल नेतृत्वको टिमले मिर्गाैला प्रत्यारोपण सेवा प्रदान गर्दै आएको छ । अस्पतालका अनुसार मल्टिस्पेशालिटी हस्पिटल भएका कारण मिर्गाैला प्रत्यारोपणअघि र पछि देखिने अन्य स्वास्थ्य समस्या समाधान पनि एउटै छानामुनि हुने र यस्ता केन्द्रहरूमा प्रत्यारोपणका क्रममा जोखिम कम हुने भएका कारणसमेत नर्भिकमा सुरु भएको मिर्गाैला प्रत्यारोपण सेवाले विशेष महत्व राख्छ ।

नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले कलेजो प्रत्यारोपण सेवा पनि विस्तार गर्ने उद्देश्यले अनुमति प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । हाल नर्भिकमा देशकै पहिलो र एकमात्र जेनेटिक ल्याबसहितको आइभिएफ (टेस्टट्युब बेबी) सेन्टर र अत्याधुनिक उपकरणसहितको नर्भिक कस्मेटिक एण्ड डर्मा सेन्टर पनि सञ्चालनमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?