बैतडीका स्थानीय तहविरुद्ध अख्तियारमा १२५ उजुरी

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । बैतडीका स्थानीय तहविरुद्ध १२५ उजुरी अख्तियारमा परेका छन् । गत आर्थिक वर्षमा ९८ र चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म २७ गरी १२५ वटा उजुरी परेका हुन् । तीमध्ये ४७ उजुरी फस्र्योट भएका छन् भने ७८ फस्र्योट हुन बाँकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैतडीमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरेको हो ।

दशरथचन्द नगरपालिकाका १९ उजुरी दर्ता भएका छन् । गत आर्थिक वर्षमा १५ र चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म चार उजुरी दर्ता भएका हुन् । आठ उजुरी फस्र्योट भएका छन् भने ११ फस्र्योट हुन बाँकी छन् । पाटन नगरपालिकामा गत आर्थिक वर्षमा १५ र चालु आर्थिक वर्षमा तीन गरी १८ उजुरी अख्तियारमा दर्ता भएका छन् । तीमध्ये ६ फस्र्योट भइसकेको र १२ बाँकी रहेको जनाइएको छ ।

यस्तै, मेलौली नगरपालिकामा गत वर्ष १३ तथा यो वर्ष दुई गरी १५ ओटा उजुरी दर्ता भएका छन् । तीमध्ये चार फस्र्योट भइसकेका र ११ उजुरी फस्र्योट हुन बाँकी रहेका सो तथ्यांकमा उल्लेख छ । पुर्चाैडी नगरपालिकाका गत वर्ष नौ र यो वर्ष दुई गरी ११ उजुरीमध्ये चार उजुरी फस्र्योट भइसेकेका र सातओटा बाँकी रहेका छन् । त्यसैगरी, सुर्नया गाउँपालिकाका गत आर्थिक वर्षमा तीन र यो वर्षको मंसिरसम्म पाँच गरी आठ उजुरी अख्तियारमा परेका छन् । तीमध्ये पाँच उजुरी फस्र्योट भइसकेका र तीन उजुरी बाँकी रहेको बताइएको छ ।

सिगास गाउँपालिकाका गत आर्थिक वर्ष आठ र यो वर्ष चार गरी १२ उजुरी अख्तियारमा परेका थिए । तीमध्ये चार फस्र्योट भइसकेका र आठ उजुरी फस्र्योट हुन बाँकी छन् । शिवनाथ गाउँपालिकाका गत वर्ष तीन र यो वर्ष एक गरी चारओटा उजुरी परेका छन् । सबै उजुरी फस्र्योट हुन बाँकी छन् ।

पञ्चेश्वर गाउँपालिकाका गत वर्ष ६ र यो वर्ष एक गरी सात उजुरी दर्ता भएका छन् । तीमध्ये दुईओटा उजुरी मात्रै फस्र्योट भएका छन् । यस्तै, दोगडाकेदार गाउँपालिकाका गत वर्ष आठ र यो वर्ष चार गरी १२ उजुरी दर्ता भएका छन् । तीमध्ये ६ ओटा उजुरी फस्र्योट हुन बाँकी रहेका छन् । डिलाशैनी गाउँपालिकाका गत आर्थिक वर्षमा १८ तथा यो वर्ष एक गरी १९ ओटा उजुरी अख्तियारमा परेका छन् । तीमध्ये आठ ओटा उजुरी फस्र्योट भइसकेका छन् भने ११ ओटा बाँकी रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?