काठमाडौं । नेपाल गोजुकाई कराँते डो संघको आयोजनामा उमा खुला राष्ट्रिय कराते च्यामिपयनसिपको दोस्रो संस्करण आज (मंगलबार)देखि सुरु हुँदैछ ।
वर्ल्ड युनाइटेड मार्सल आर्टस् (उमा)बाट मान्यता प्राप्त गोजुकाई कराँतेले हरेक वर्ष देशभरका खेलाडीको सहभागितामा राष्ट्रिय प्रतियोगिता गर्ने उद्देश्यअनुसार आज र भोलि दोस्रो संस्करण आयोजना गर्न लागिएको संघका उपाध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक अच्युतराज उप्रेतीले जानकारी दिनुभयो ।
प्रतियोगितामा महिला र पुरुषतर्फ ८-८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा २९ केजीमूनि, ३४ केजीमूनि, ३९ केजीमूनि, ४४ केजीमूनि, ४९ केजीमूनि, ५४ केजीमूनि, ५९ केजीमूनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । ६० केजीमाथि तौलसमूहमा भने खुला प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक उप्रेतीले बताउनुभयो ।