एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज पनि बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आज (मंगलबार) पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने छन् ।

प्रचारविभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार सोमबारको बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, सरकारमा पार्टीको सहभागिता लगायतका विषयमा केन्द्रित भएर ३० नेताले धारणा राखेका थिए ।

वामपन्थी शक्तिसँग एकताका विषयमा प्राथमिकता दिनुपर्नेमा अधिकांश नेताको साझा धारणा देखिएको छ ।

बैठकको प्रारम्भमा अध्यक्ष माधव नेपालले पछिल्लो पटक नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुको कारण र सो गठबन्धन कायम हुन नसकेपछि विकास भएको राजनीतिक घटनाक्रमका बारे जानकारी गराउँदै प्रतिगमन र पुनरुत्थानवादीको जगमा उभिएको वर्तमान सरकारमा पार्टी सहभागी हुन नहुने प्रस्ताव राखेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?