यस्तो छ आजको विनिमय दर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैँकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ९ पैसा र बिक्रीमा १३२ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिद १४१ रुपैयाँ ९ पैसा र बिक्रीमा १४१ रुपैयाँ ७३ पैसा तोकिएको छ । अष्ट्रेलियन डलरको खरिदमूल्य ८९ रुपैयाँ ८५ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ २६ पैसामा कारोबार भइरहेको छ ।

साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १३ पैसा र बिक्रीमा ३५ रुपैयाँ २९ पैसा तोकिएको छ । कतारी रियालको खरिदमा ३६ रुपैयाँ १५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३१ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ १२ पैसा रहेको छ ।

साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ३९ पैसा र बिक्रीमा १० रुपैयाँ ४४ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९२ पैसा र बिक्रीमा १७ रुपैयाँ, कुवेती दिनार एकको खरिद दर ४३१ रुपैयाँ ८२ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ७८ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ३५ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ९४ पैसा नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?