गृहमन्त्री लामिछानेलाई बधाई दिन कुलमान घिसिङ सिंहदरवारमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बधाई तथा शुभकामना दिनुभएकाे छ ।

सिंहदरवारस्थित गृहमन्त्रालयमा मंगलबार पुगेर घिसिङले उपप्रधानमन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भएकाे हाे ।

सञ्चार क्षेत्र छाडेर केही महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्दै लामिछाने गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिनु भएकाे थियाे ।

उक्त निर्वाचनमा १३ प्रत्यक्ष र ७ समानुपातिकबाट गरी २० सिट जितेर संसदको चौथो शक्तिको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ ।

सो पार्टीका सभापतिसमेत रहेका लामिछाने उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारीसहित पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?