नेपाली सेनाका उपरथी प्रेम शाही सैनिक प्रहरीको नियन्त्रणमा

Read Time = 1 min

काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको छ ।

सेनाले बुधवारबाट अवकाश पाउँदै गर्नुभएको उपरथी शाहीलाई छानबिनका लागि ब्यारेकमै राख्ने निर्णय गरेको हो।

शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालयविरुद्ध ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

शाहीले उमेरसम्बन्धी मुद्दामा सोमबार मात्रै सर्वोच्च अदालतबाट सफाई पाउनु भएको थियो ।

शाहीलाई छाउनीस्थित सैनिक अस्पतालमा स्वास्थ्य उपचारका लागि लगिँदै छ। शाही १५ दिनदेखि बिदामा बस्नुभएको र उहाँले बुधवारबाट अवकाश पाउँदै हुनुहुन्यो ।

स्रोतका अनुसार उपरथी शाहीलाई ‘आर्थिक अनियमितता’ गरेको आरोप लगाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?