नेतृत्वको आलोचना बन्द गर्न पार्टीका नेता कार्यकर्तालाई माधव नेपालको निर्देशन

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेतृत्वको आलोचना गर्ने काम तत्काल बन्द गर्न पार्टीका नेता, कार्यकर्तालाई कडा निर्देशन दिनु भएको छ ।

मंगलबार सम्पन्न पार्टीको पोलिटव्यूरो बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टी कमिटी भन्दा बाहिर गएर पार्टी नेतृत्वको बदख्वाई गर्ने, अरुको प्रशंशा गर्ने, फेसबुकमा लेख्ने, मिडियामा बोल्नेजस्ता पार्टी अनुशासन विपरित काम नगर्न पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराउनु भयो । उहाँले आफूलाई लागेका कुरा पार्टी कमिटीमा राख्नुको साटो बाहिर बोल्दै हिँडने हो भने त्यो पार्टी क्रान्तिकारी र अनुशासित पार्टी हुनै नसक्ने पनि स्मरण गराउनु भयो ।

अध्यक्ष नेपालले आफूले पार्टी अनुशासित र संस्थागत रुपमा चलोस् भन्ने चाहेको पटकपटक दोहो-याउनु भयो ।

उहाँले भन्नु भयो, ‘यो बैठकमा सबैले खुलेर आफ्नो विचारहरु व्यक्त गर्नु भएको छ । आफूलाई लागेका सबै कुराहरु यहाँ राख्नु भएको छ । विचार व्यक्त गर्नुु भएकोमा म सबैलाई धन्यवाद दिन चाहन्छु । वास्तवमा हामीले खोजेको पनि त्यही हो । बैठकमा व्यापक छलफल गर्ने, व्यापक अन्तरक्रिया गर्ने, कमिटी प्रणालीको आधारमा अगाडि बढने, कमिटी भनेको जुन कमिटीले अधिकार प्राप्त गरेको छ । जुन कमिटी र व्यक्तिलाई जिम्मेवारी दिइएको छ । त्यो जिम्मा दिइएका व्यक्तिले, जिम्मा पाएको कमिटीले निर्णय गर्ने परिपाटीलाई हामीले स्थापित गर्न चाहेका छौं । कहिलेकाँही आउँछ पुरानो पार्टी, हामी सबैको पुरानो पार्टी, यसमा के भिन्नता रहेको छ ? भन्दा त्यो भिन्नता पनि हामीले बुझ्न सकेनौ भने भन्दा अर्को बिडम्बना केही हुन सक्दैन । अव भन्न सक्नु हुन्छ–मेरो यो राय थियो कमिटीले मानेन । हामीले यो सुझाव दिएका थियौं, त्यो सुझाव ग्रहण भएन । या आजै त्यसबारेमा बसेर छलफल गर्नुपर्ने थियो । तर त्यो हुन सकेन । यी सबै कुराहरु समीक्षा गर्नु पर्दछ । तर के कुरामा हामी प्रतिवद्ध हुनु पर्दछ भने कमिटी प्रणालीलाई बलियो गरी अगाडि बढाऔं । जे–जे लागेको छ कमिटीमा राखौं । फेसबुकमा लेख्ने, आफूलाई लागेका कुराहरु बाहिर प्रचारित गर्ने, मिडियामा गएर बोल्ने । यस्तो तरिका अपनाएर न त्यो क्रान्तिकारी पार्टी बन्छ न त्यो अनुशासित पार्टी बन्छ । अनि, हामी अनुशासन तोड्ने, फेरी हाम्रै स्वर ठूलो हुने, हामी पार्टीको बदख्वाई बाहिर गर्ने, अनि हाम्रै स्वर ठूलो हुने, आफ्नै नेताको बदख्वाई गर्ने, अरुको प्रशंशा गर्ने, अनि त्यसपछि पनि हाम्रो आफ्नो स्वर आफैं ठूलो हुुने तरिका बन्द गरौं । किन भन्दाखेरी हामी नयाँ क्रान्तिकारी पार्टी भन्नुको अर्थ के हो भने त्यो सबै हिसावले अनुशासन पनि होस्, क्रान्तिकारी पनि होस् । संस्थागत रुपमा पनि चलोस् । सबै कुराहरु सम्बन्धित कमिटी भित्र बसेर छलफल गरेर, व्यापक विचार मन्थन गरेर निर्णय गर्ने परिपार्टी स्थापित गरियोस् । त्यसो हुनाले जस्तोसुकै मतभेद छन भने पनि, जतिसुकै विचारका भिन्नताहरु छन भने पनि त्यसले केही फरक पार्दैन ।’

अध्यक्ष नेपालले पार्टी कमिटी भित्र बसेर व्यापक छलफल गर्ने, विचार मन्थन गर्ने परिपाटी पार्टीमा आफूले बसाउन चाहेको समेत बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?