मनकामनाका बृद्धबृद्धालाई ज्याकेट र टोपी वितरण

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । चिसोका कारण समस्यामा परेका संखुवासभाको मनकामना धामका बृद्धबृद्धालाई सदरमुकाम खाँदबारीमा रहेको मकालु बचत तथा ऋण सहकारी संस्थाले न्यायो कपडा वितरण गरेको छ ।

सहकारीको सामाजिक उत्तरदायित्व अन्र्तगत मनकामनाका ३५ जना बृद्धबृद्धालाई जाडोमा लगाउने ज्याकेट, टोपी र विस्कुट वितरण गरिएको अध्यक्ष सीतादेवी शाक्यले जानकारी दिनुभयो ।

बृद्धबृद्धालाई संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधान, सहकारीका अध्यक्ष सीतादेवी शाक्य लगायतले मंगलबार न्यानो कपडा वितरण गर्नुभयो । चिसो मौसममा न्यानो कपडा पाएपछि मनकामना धामका बृद्धबृद्धाले सहयोगीलाई धन्यवाद दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?