झिल्टुङ दौड माघ १४ मा हुने

हिमालय टाइम्स
Read Time = 3 mins

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका-५ को आयोजना तथा एथलेटिक्स परिवारको प्राविधिक सहयोगमा सञ्चालन हुने सातौँ झिल्टुङ क्रस कन्ट्री दौड माघ १४ गते शनिबार हुने भएको छ । आयोजक बेलकोटगढी नगरपालिका-५ ले प्रेस विज्ञप्ति जारी गर्दै झिल्टुङ क्रस कन्ट्री दौड माघको १४ गते हुने जनाएको हो । प्रतियोगिताको १३.५ किमी पुरुष तथा महिला विजेतालाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई समान पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।

स्थानीय बेलकोटगढी नगरपालिकाभित्रका पुरुष विजेतालाई १० हजार, दोस्रोलाई सात हजार र तेस्रो हुनेलाई समान पाँच हजार रुपैयाँ प्रदान गरिनेछ । ४.५ किमीको खुला जुनियर छात्र तथा छात्रालाई समान ६ हजार, दोस्रो हुनेलाई चार हजार र तेस्रो हुनेलाई दुई हजार रुपैयाँ प्रदान गरिनेछ ।

स्थानीय छात्र, छात्रातर्फ विजेतालाई छ हजार, दोस्रोलाई चार हजार र तेस्रो दुई हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । ४.५ किमीको ४५ वर्षमाथिका स्थानीय पुरुष विजेतालाई छ हजार, दोस्रोलाई चार हजार र तेस्रोलाई दुई हजार तथा १३.५ किमी खुला भेट्रान खुला पुरुषतर्फ विजेतालाई आठ हजार, दोस्रोलाई छ हजार र तेस्रोलाई चार हजार प्रदान गरिनेछ ।

त्यस्तै, ४. ५ किमीको आमा समूह दौडका विजेताले १२ हजार, नौ हजार र छ हजार रुपैयाँको पुरस्कार प्राप्त गर्नेछन् । उक्त दौड प्रतियोगितामा करिब ५०० खेलाडीहरूले भाग लिने अनुमान गरिएको र प्रतियोगिताको अनुमानित खर्च १० लाख रुपैयाँ रहेको छ । उक्त दौड प्रतियोगिता कोल्पुटारबाट सुरु भएर बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै पुनः कोल्पुटारमा आएर समापन हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?