‘ए’ डिभिजन लिगका लागि मनाङको टोली घोषणा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि मनाङ मस्र्याङ्दी क्बलले आफ्नो टोली घोषणा गरेको छ । फागुन १९ गतेबाट सुरु हुने ‘ए’ डिभिजन लिगका लागि मनाङले आफ्नो टोली घोषणा गरेको हो ।

मनाङले यसअघि नै राष्ट्रिय फुटबल टोलीका पूर्व-प्रशिक्षक किरण श्रेष्ठलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । उहाँले मनाङको टोलीमा दीप कार्की, जियारत शेख, आशिष गुरुङ, चेतनकुमार थारु, सरोज योञ्जन लामा, मानबहादुर तामाङ, रनदीप पौडेल, सुमित श्रेष्ठ, जय गुरुङ, कमल थापा, विजय श्रेष्ठ, बिसन गुरुङ, रमेश थापा, प्रशान्त श्रेष्ठ, निराजन मल्ल, रोशन राना मगरसहितको टोली सार्वजनिक गर्नुभएको हो ।

‘उमेर समूहको राष्ट्रिय टिममा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई अनबुन्ध गरेका छौँ । आसन्न ‘ए’ डिभिजन लिगको उपाधि रक्षामा क्लबले बलियो चुनौती पेश गर्ने अपेक्षा राखेका छौँ,’ मनाङले खेलाडी सार्वजनिक गर्दै भनेको छ ।

मुख्य प्रशिक्षक श्रेष्ठले पनि यसपल्ट युवा खेलाडीहरू धेरै रहेकाले आफूले सक्दो नतिजाका लागि प्रयास गर्ने बताउनुभएको छ ।

‘मनाङ ठूलो टिम हो । विश्वास गरेर क्लबले ठूलो जिम्मेवारी दिएको छ । क्लबको व्यवस्थापनलाई धन्यवाद दिन चाहन्छु । यसपटकको जिम्मेवारी चुनौतीपूर्ण छ,’ उहाँले भन्नुभयो, ‘मनाङको यसपटकको खेलाडी संरचना फरक छ । यसअघि राष्ट्रिय टिमका खेलाडी धेरै हुन्थे । अहिले पूरै युवा खेलाडीको टिम छ । नजिताका लागि प्रशिक्षकका रूपमा सक्दो कोसिस गर्नेछु ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?