अपांगता भएका महिलाहरूका लागि उत्प्रेरणात्मक वृचचित्र सार्वजनिक

Read Time = 3 mins

काठमाडौं । अपांगता भएका महिलाको रोजगारी तथा स्वरोजगारी प्रवद्र्धनका लागि अन्तक्र्रिया तथा वृतचित्र सार्वजनिक गरिएको छ । अपांगता भएका महिलाहरू पनि रोजगारी तथा स्वरोजगारीमार्फत आत्मनिर्भर हुन सक्छन् । त्यसैले उनीहरूलाई केबल अवसरको खाँचो छ तथा आर्थिक सशक्तीकरण नभएसम्म अपांगता भएका महिलाको न्यायमा पहुँच पुग्न सक्दैन । त्यसैले अपांगता भएका महिलालाई आर्थिक रूपमै आत्मनिर्भर बनाउनुपर्ने हुन्छ भन्ने सन्देश झल्काउने एक उत्प्रेरणात्मक वृतचित्र राजधानी काठमाडौंमा सार्वजनिक गरिएको हो ।

नेत्रहीन महिला संघ, नेपालले निर्माण गरेको सो वृतचित्र डिसेबिलिटी मिडिया सेन्टरको पोष्ट प्रोडक्सन तथा अपांगता भएकी महिला भूमिकला पौडेलको कथा लेखन तथा न्यारेसनमा तयार भएको हो ।

वृतचित्रले अपांगता भएका महिलाहरूले रोजगारी तथा स्वरोजगारीमा आफूलाई अगाडि बढाउन सक्छन् र अन्याय हुँदा न्यायका लागि लड्न पनि आर्थिक स्वाबलम्वन नै जरूरी हुन्छ भन्ने विषयलाई विशेष जोड दिएको थियो । वृतचित्र सार्वजनिक गर्दै नेत्रहीन महिला संघ, नेपालले ‘अपांगता भएका महिलाको रोजगारी तथा स्वरोजगारी प्रवद्र्धनका लागि अन्तक्र्रियासमेत आयोजना गरेको थियो ।

अपांगता भएका महिलाहरूलाई रोजगार तथा स्वरोजगारका लागि के कस्ता अवसर तथा सम्भावना रहेका छन् भन्ने विषयमा सम्बन्धित रोजगारदाता निकायलाई ध्यानाकर्षण गर्ने उद्देश्यले सो अन्तत्र्रिmया कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ ।

अन्तक्र्रियामा सहभागी सरकारी, निजी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था लगायतका प्रतिनिधिले अपांगता भएका महिलालाई कसरी रोजगारी तथा स्वरोजगारीमा अगाडि बढाउन सकिन्छ र सो का लागि तालिमसमेत आवश्यक भएको हुँदा यस सवाललाई अबका दिनमा आ–आफ्नोतर्फबाट के कसरी काम गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै सो का लागि प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न रोजगारदाता, अपांगता भएका महिला तथा विभिन्न क्षेत्रका अपांगता भएका व्यक्तिलगायतको सहभागिता थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?