दुई कम्पनीविरुद्ध राजस्व छली मुद्दा दायर

Read Time = 2 mins

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा दुई फर्मविरुद्ध झण्डै ७८ करोड माग दाबी गर्दै उच्च अदालत पाटन र उच्च अदालत बुटवलमा मुद्दा दायर गरेको छ । विभागले मंगलबार रूपन्देहीको सिद्धार्थनगर नगरपालिका ३ स्थायी ठेगाना भएका सुमित एण्ड स्वयता ट्रेडर्सका प्रोपाइटर पुनित बानियाँ र ललितपुर महानगरपालिका ११ कुम्भेश्वरका त्रिशक्ति ट्रेडर्सका प्रोपाइटर सिद्धिबहादुर महर्जनविरुद्ध मुद्दा दायर गरेको हो ।

बानियाँविरुद्ध ६६ करोड सात लाख एक हजार सात सय ९२ रुपैयाँ र महर्जनविरुद्ध १२ करोड ३५ लाख ८५ हजार एक सय ५८ रुपैयाँ माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । बानियाँले ३३ करोड कर छली गरेको विभागको दाबी छ । बानियाँले आफ्नो नाममा दर्ता भएको फर्मको आय विवरण र सो बमोजिमको करयोग्य आयमा लाग्ने कर रकमसमेत सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्नेमा नगरी अवैधरूपमा कारोबार गर्ने गरेको पाइएको विभागको भनाइ छ ।

त्यसैगरी महर्जनले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर(भ्याट) बिल खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार गरी प्रचलित आयकर नतिरी राजस्व चुहावट गरेको विभागको दाबी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?