आउटरिचलाई दुई अन्तर्राष्ट्रिय अवार्ड

Read Time = 1 min

काठमाडौं । चीनमा सम्पन्न इसिआई अवार्ड २०२२ मा नेपालबाट आउटरिचले प्रोडक्ट एण्ड मार्केट इन्नोभेसन र मार्केटिङ इन्नोभेसन गरी दुई विधामा कास्य पुरस्कार जितेको छ । अवार्डअन्तर्गतका तीन विधा प्रोडक्ट एण्ड मार्केट इन्नोभेसन, मार्केटिङ इन्नोभेसन र मेटाभर्स इन्नोभेसनतर्फ स्वर्ण, रजत र कास्य अवार्ड विजेता मुलुकमा हङकङ, स्विटजरल्याण्ड, इटली, क्यानडा, नेपाल, अमेरिका, बेलायत, साउदी, ब्राजिल, थाइल्याण्ड, ताइपेइ सिटी तथा अष्ट्रियालगायतका मुलुक रहेका छन् ।

सो अवसरमा इसिआई अवार्ड अध्यक्ष लिजुन जियाले चीनमा चलिरहेको महामारीका कारण यसपटक सबै सहभागीलाई भौतिकरूपमा उपस्थित गराउन नसकेकाले भर्चुअल माध्यमबाट अवार्डको घोषणा गर्नुपरेको बताउनुभएको थियो । इसिआई अवार्ड इन्टरनेशनल इन्टरप्रेनर्स, क्रिएटिभ एण्ड इन्नोभेटर्स एसोसिएसनद्वारा स्थापना गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?