सहकारी बैंकद्वारा १५ प्रतिशत लाभांश वितरण

Read Time = 1 min

ललितपुर । राष्ट्रिय सहकारी बैंकले आर्थिक वर्ष २०७८/०७९ को कारोबारबाट सेयर सदस्य सहकारी संघसंस्थालाई १५ प्रतिशत लाभांश वितरण गरेको छ । १९औँ वार्षिक साधारणसभाका अवसरमा सोमबार बैंकले १५ हजार चार सय ७४ सदस्य सहकारी संघ-संस्थाका खातामा लाभांश रकम पठाएको हो ।

साधारणसभाले १५ प्रतिशत लाभांश दिने निर्णय पारित गरेको थियो । बैंकले गत आर्थिक वर्ष ०७८/०७९ मा ४३ करोड ४५ लाख ५७ हजार सात सय ४८ रुपैया लाभांश वितरण गरेको छ । बैंकले विगत पाँच वर्षदेखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । बैंकले सदस्यहरूलाई संरक्षित पुँजी फिर्ता कोषको रकम पनि सदस्यको खातामा पठाउने तयारी गरेको छ ।

लाभांशबाहेक कारोबारका आधारमा संरक्षित पुँजी फिर्ता कोषबाट पनि सदस्य सहकारीलाई रकम उपलब्ध गराउँदै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?